उद्योग दिवसका अवसरमा सल्यानमा अन्तरक्रिया

Posted on: 24 Nov, 2016


खकेन्द्र केसी/मङ्सिर ९, सल्यान । प्रथम उद्योग दिवसका अवसरमा आज सल्यानमा एक कार्यक्रम सम्पन्न भएको छ । 

“औद्योगिक क्षेत्रमा लगानी, सम्बृद्धिको सुनौलो विहानी” भन्ने नारासहित मनाइएको दिवसमा जिल्लाका सरोकारवाला निकाय र उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो । 

घरेलु तथा साना उद्योग विकास समिति सल्यानको आयोजनामा खलंगामा भएको कार्यक्रममा बोल्नेहरुले उद्योगीहरुलाई राज्यले नीति बनाएर त्यहि नीतिअनुसार प्रोत्साहन गर्दै जानुपने बताएका छन । 


स्थानिय विकास अधिकारी खिम बहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन सल्यान उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वीर बहादुर चलाउनेले गरेका थिए । 

टुडिखेलबाट शुरु भएको प्रभातफेरी कार्यक्रम जिविस हलमा गएर अन्तरक्रियामा परिणत भएको थियो । अन्तरक्रियामा सहभागि उद्योगीबाट उठेका सवालहरुमा वरिष्ट उद्योग अधिकृत कृष्ण प्रसाद आचार्यले सम्बोधन गरेका थिए । 


कार्यक्रममा नेपाली काग्रेशका उपसभापती निम बहादुर वली, नेकपा एमालेका जिल्ला सदस्य इश्वरी बुढाथोकी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्ञान बहादुर वली र राप्रपाका जिल्ला सदस्य कर्ण बहादुर सुनारको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!