साझाले थपेको ३० ओटा बस आइतबारदेखि चल्ने (अब यी रुटमा चल्दैछन)

Posted on: 24 Nov, 2016

मंसिर ९, काठमाडौं । साझा यातायातले थप गरेको सुबिधासम्पन्न अपांगमैत्री बसहरु आइतबार देखि बिभिन्न रुटमा चलाइने भएको छ । साझा यातायतका नयाँ बसहरु आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि संचालनमा ल्याइने भएको छ ।

साझा यातायातले थप गरेको बसहरु उपत्यकाभित्रका नयाँ रुटमा पनि संचालन गरिने साझा यातायातले जनाएको छ । साझाले मङ्सिर १ गतेनै यातायत बिभागबाट आफ्नो नयाँ बस संचालनको इजाजत पाएको थियो ।

बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई सुबिधा 

साझा बसले पाएको नयाँ रुट परमिटसंगै उसले एयरपोर्ट भित्रदेखि नयाँ बसपार्कसम्म आफ्नो लगेजसहित यात्रा गर्न पाउने भएका छन् । त्यस्तै नयाँबसपार्क बाट एयरपोर्टसम्म जान त्यस्तै सुबिधा पाउन सकिनेछ ।

बैदेशिक रोजगारीमा जाने तथा विदेशबाट आउने यात्रुहरुलाई मध्यनजर गर्दै साझाले उक्त सेवालाई अझै स्तरीय बनाउने प्रतिबद्धता जनाएको छ ।

साझा चल्ने नयाँ रूट कुन-कुन हुन् ? 

पहिलो रुट

लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी-नयाँबसपार्क (दोहोरो सेवा) 

संचालन हुने बस संख्या: १० ओटा 

दोश्रो रुट

एयरपोर्ट टर्मिनलदेखि  तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार- पुरानो बसपार्क- सहीदगेट-एनएसी-न्युरोडगेट-जमल-लैनचौर-ठमेल-सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास-नयाँबसपार्कसम्म (दोहोरो सेवा)

संचालन हुने बस संख्या: १० ओटा 

तेश्रो रुट

कोटेश्वरदेखि तीनकुने हुँदै-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला- स्वयम्भुसम्म (दोहोरो सेवा) 

संचालन हुने बस संख्या: १० ओटा 

चौथो रुट

ग्वार्कोबाट-बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्पुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म (दोहोरो सेवा)

संचालन हुने बस संख्या: ८ ओटा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!