झापामा सतहत्तर लाख राजस्व सङ्कलन

Posted on: 25 Nov, 2016

 मंसिर १०, झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३÷७४ को प्रथम चौमासिकमा रु ७७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले पाँच हजार नौ सय दुई मोटरसाइकल चालक तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चार सय पाँच जनालाई कारबाही गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!