सुनचाँदीको भाउ उकालो लाग्यो

Posted on: 28 Nov, 2016

मङ्सिर १३, काठमाडौं । सुनको भाउ सोमबार तोलामा दुई सय रुपैयाँले बढेर तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर ५४ हजार ५ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि सोमबार तोलामा १० रुपैयाँले बढेर ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!