सुनको भाउ निरन्तर ओरालो लाग्दै, एकैदिन ६ सय रुपयाँले घट्यो

Posted on: 01 Dec, 2016

मंसिर १६, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५४ हजार प्रतितोला कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भारत सरकारले चलनचल्तीका ठूला दरका नोटमा प्रतिबन्द लगाएसँगै सुनको मूल्यमा गिरावट आएको हो । सवैभन्दा बढी सुन खपत हुने भारतमा ठूला दरका नोटमा प्रतिबन्ध लगाएपछि यसको प्रभाव सुनको मुल्यमा परेको सुनचादी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचादी महासंघले जानकारी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!