पाँचथरमा सिविल बैंकद्वारा वित्तिय साक्षरता अभियान सञ्चालन

Posted on: 02 Dec, 2016

मंसिर १७, पाँचथर | आफ्नो छैठौं वार्षिक उत्सवको अवशरमा सिविल बैंकको फिदिम शाखाले दुई विद्यालयमा वित्तिय सारक्षरता अभियान सञ्चालन गरेको छ ।

सदरमुकामस्थित फिदिम उच्च मावि र सुखबोध मावि जोरसालका विद्यार्थी तथा अभिभावकहरुलाई वित्तिय साक्षरता शिक्षा प्रदान गरिएको बैंकको फिदिम शाखाका म्यानेजर ध्रुव बाँस्कोटाले बताउनुभयो । 

एक तथ्याङ्क अनुसार अझै पनि नेपालको ४० प्रतिशत भन्दा बढी मानिस बैंकको पहुँभन्दा टाढा रहेकाले बैंकको महत्व बुझाउन अभियान सञ्चालन गरिएको बताइएको छ । उक्त वित्तिय सारक्षरता शिक्षाको शाखा म्यानेजर बाँस्कोटाले सहजीकरण गर्नुभएको थियो ।

यसैबीच बैंकले विहिबार सुखबोध मावि जोरसालको कक्षा १० मा अध्ययनरत छात्र किरण तामाङलाई नगद पाँच हजारको छात्रबृति प्रदान गरेको छ । विद्याययमा आयोजित एक कार्यक्रमका बीच तामाङलाई विव्यस अध्यक्ष टंक श्रेष्ठले सो छात्रवृति वितरण गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!