मेगा बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधरणसभा सम्पन्न

Posted on: 04 Dec, 2016

मङ्सिर १९, पोखरा । हाम्रो मेगा हाम्रो आधार, मेगा बचत नै उन्नतिको पूर्वाधार”को उद्धेश्य सहित स्थापित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोडको छैठौं वार्षिक साधरणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । 

साधारण सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष ध्रुवराज चालिसेले सहकारी भावना अनुरुप अब पाँच करोड पुँजीको लागतमा कम्पनी स्थापना गरी उत्पादन मुलक, सेवा मुलक, वाणिज्य र व्यवसाय सञ्चालन गरी आय आर्जनका साथै रोजगारी सिर्जना गर्ने योजना रहेको बताए । 

सञ्चालक समितिको तर्फबाट चालिसेले ०७२÷०७३ को आम्दानी र खर्च विवरण, भावी योजनासहितको प्रगति विवरण प्रस्तुत गरेका थिए भने लेखा समितिका संयोजक तोयानाथ अधिकारी द्वारा प्रस्तुत गरिएको लेखा समितिको प्रतिवेदन साधारण सभाले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । 

कार्यत्रममा वर्ष भरिमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुमा मुख्य कार्यालयकी किरण गुरुङ, कपिल अधिकारी र लेखनाथ सेवा केन्द्रका मनिष सुवेदीलाई अध्यक्ष चालिसेले प्रशंसापत्र, नगद र दोसल्ला सहित पुरस्कृत गरेका थिए ।

अध्यक्ष धु्रवराज चालिसेको सभापतित्वमा सञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र प्रसाद शर्माले धन्यवाद ज्ञापन र सचिव केशव काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!