बुटवलमा ‘हाईड्रोमा’ लगानी बढ्दो

Posted on: 14 Dec, 2016

कृष्ण खनाल, मंसिर २९, बुटवल । बुवलममा रहेको नागरिक उर्जा बुटवल प्रालिले बाग्लुङ्ग जिल्लाको घार र खि गाविसमा रहेको घारा खोला जलविद्युतमा बनाउने भएको छ । प्रालिले काठमाण्डौमा रहेको म्याग्दी हाईड्रोपावर कम्पनीको स्वामित्वमा रहेको १४ मेघावटको घारखोला जलविद्यतु लगानी गर्ने भएको हो । बुधवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना नागरिक उर्जा प्रालि बुटवलका अध्यक्ष होम बहादुर गलामीले यसको विषयमा जानकारी दिएका हुन् । 

पुर्णरुपमा स्वामित्व नागरिक उर्जा बुटवल प्रालिको रहेको यो जलविद्युत आयोजना अहिले ८.३ मेघावाटको रहेको पनि यसलाई अपग्रेड गरी १४ मेघावाट सम्म  प ु¥याउन सकिने छ । म्याग्दी हाईड्रो पावरका अध्यक्ष भरत नेपाल,  सञ्चालक गम प्रसाद रेस्मी र   निर्देशक ईन्जीनियर अर्जुन प्रसाद पौडेलको सञ्चालक समिति बनाइएको छ । 

ईआईए समेत सम्पन्न भएको यो आयोजना वातावरण, स्थानिय भौगोलीक अवस्थाका साथै सबै प्रकृतीले उपयुक्त भएको निर्देशक अर्जुन प्रसाद पौडेले जानकारी दिए ।आगमी बर्ष २०७४ साल बैशाख महिनाम  आयोजना निर्माण कार्य सुरुवात गरी २०७६ मंसिर ३० गने राष्ट्रिय प्रसारणमा जोड्ने गरी काम अगाडी बढेको होम बहादुर गलामीको भनाई रहेको छ । 

जसको लागि बुटवलका करिव ३३ सय सददस्यहरुले  लगानी गरेका छन् । २ अर्व ४१ करोड ५८ लाख रुपैयाँ लगातमा निर्माण हुने यो आयोजनामा बैंकबाट ऋण अनुदान ७० प्रतिश त र शेयर मार्फत ३० प्रतिशत लगानी रहेको छ । बार्षिक ४२ करोड २० लाख रुपैयाँ आम्दानी गर्न सकिने यो आयोजनाबाट एक जना सेयर सदस्यले बार्षिक २१.७७ प्रतिशत लगानीको प्रतिफल पाउने आयोजनाका  अध्यक्ष भरत नेपालले जानकारी दिए । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!