डडेल्धुराका विभिन्न स्थानमा आठवटा पुल निर्माण

Posted on: 15 Dec, 2016

मंसिर ३०, डडेल्धुरा । डडेल्धुराका विभिन्न गाउँका मानिसलाई वारिपारि जान र खोला तर्न सजिलोका लागि खोलामा पुल निर्माण कार्य धमाधम भइरहेको छ । 

यो आर्थिक वर्षभित्र नै काम सम्पन्न हुने गरी जिल्लाका विभिन्न स्थानमा आठवटा पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयका सहायक सवइन्जिनियर टेकबहादुर भण्डारीले जानकारी गराउनुभयो । 

जिल्लाका विभिन्न स्थानीय खोला र नदीमा दुईवटा स्टिल ट्रस र छवटा झोलुङ्गे पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । पुल निर्माण गर्ने क्रममा समैजी गाविसको सौकाण खोला र गाँखेत गाविसको ऐरी खोलामा स्टिल ट्रसपुल र अन्य अशिग्रामको कोटगाणे खोला, परशुराम नगरपालिका जोगबुढाको गाईबाँधेखोला र पनपा शीर्षको आनातोलीखोला, मष्टामाडौँको कुइतणाखोला, गणेशपुरको गर्ता ९फिन्नेकोट० खोला र रुपालको चाडीखोलामा झोलुङ्गे पुल निर्माण भइरहेको झोलुङ्गे पुलका फोकल व्यक्तिसमेत रहेका सहायक सवइन्जिनियर भण्डारीले जानकारी गराउनुभयो । 

स्थानीय खोलामा पुल निर्माण कार्यले विद्यार्थी, बालबालिका र सर्वसाधारणलाई आवतजावतका लागि सजिलो हुनाका साथै वर्षाको बेला खोलाले बगाउने र अकालमा ज्यान गुमाउनुसमेत नपर्ने भन्दै स्थानीय उपभोक्त हर्षित भएका छन् । 

जिल्लाको धेरै खोलाहरु र नदिमा पुल निर्माण हुन थाले पछि खोला तर्नसमेत सजिलो हुने सर्वसाधारण बताउँछन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!