बुटवलमा आजबाट बुटवल महोत्सव मेला

Posted on: 22 Dec, 2016

कृष्ण खनाल । पुस ७, बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजानमा आजबाट बुटवलमा सुरु हुने बुटवल औद्योगीक व्यापार मेलाको तयारी पुरा भएको छ ।

विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजनागरी मेला मुल आयोजक समितिका संयोजक महेशमानसिंहले सबै तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार मेलामा करिव १५करोडको कारोबार हुने छ भने करिव ५ लाख जनताले अवलोकन गर्ने अपेक्षा लिइएको छ । देशभरबाट ३५ जिल्लाबाट स्टलमा विभिन्न व्यवसायीक व्याक्तिहरुको सहभागीता रहेको  छ भने विदेशी देशका पनि विभिन्न स्टलमा सहभागी हुने छ ।

अन्य मेला भन्दा यस पटक प्रत्येक पेभिलियनमा छुट्ट छुट्टै बाटोको व्यवस्था गरि दर्शकको आंकक्षा अनुसार अवलोकन, सहभागी हुन पाउने गरी व्यवस्था मिलाइएको छ । मेलाको आर्कषको रुपमा ऐतिहासिक विराताको प्रतिकको रुपमा रहेको जीतगढी किल्लालाई राखिएको छ भने भित्र माछाको छुट्टै पेभिलियन, कृषि, अटो, आईटी, अन्र्तराष्ट्रिय, गार्मेट तथा अन्य विविध स्टलहरु राखिएको छ । पत्रकार सम्मेलनमा बोल्दै  बुटवल उद्योग बाणिज्य संघका महासचिव हरि प्रसाद अर्यालले मेला विगतको भन्दा फरक हुने जानकारी दिए । उनले जनताको चाहान अनुसार यस पटक धेरै कुरामा सुधार गरिएको छ ।  

संघका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले मेलामा सहभागी हुने सबै स्टलहरुले  प्यान र भ्याटमा दर्ता हुनुपर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी, सल्लाहकारहरु जिवन प्रसाद वझा, अर्जुनमान सैजु बोल्दै मेला सफलताको शुभकामना दिएका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!