बुटवल मेला सुरु

Posted on: 23 Dec, 2016

'म जनताको पक्षमा छु' -  खाँण


कृष्ण खनाल | पुस ८, बुटवल । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नाराका साथ बुटवल उद्योग वाणिज्य संघले आयोजना बुटवलमा १७ औं औद्योगिक व्यापार मेला–२०७३ सुरु भएको छ । 

यहि पुस ८ गतेदेखि २३ गते सम्म ‘बुटवल मण्डप’ बुटवल–१२ रामनगरमा आयोजना हुने आयोजना भएको मेलाको एक कार्यक्रमका विच रक्षा मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ का सांसद बालकृष्ण खाँणले उद्घाटन गरे । मेला समुद्घाटन समरोहमा बोल्दै रक्षा मन्त्री खाँणले  विषम परिस्थीतिका बाबजुत सुभारम्भ भएको मेलाले यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन् । उनले विभिन्न समयमा आयोजना हुने मेला महोत्सवले  आर्थिक  चलायमानमा महत्वपूर्ण भुमिका खेल्ने भन्दै बुटवल उद्योग बाणिज्य संघले मेला आयोजना गर्न हिम्मत गरेकोमा प्रसंसा समेत गरे  । 

पछिल्लो समयमा संसदमा दर्ता भएको संविधान संसोधन  विध्येकको विषयमा आफ्नो धारणा यस क्षेत्रका जनताहरुको धारणा जस्तै भएको नेता खाँणको भनाई रहेको छ । यस क्षेत्रका जनताहरुले प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा,  प्युठान, रोल्पा र रुकुमको केही भाग छुट्याउने गरी विगतका दिनहरुमा उठाएको जनचासो र आन्दोलनको विषयमा धारणा राख्दै रक्षा मन्त्री खाणले भने–‘ म पनि यस क्षेत्रको जननिर्वाचित जन प्रतिनिधि हुँ, म तपाईहरुकै पक्षमा छु ।’

आफु हाल नेपाल सरकारको रक्षा मन्त्रीको पदमा रहेको कारण विविध विषयमा खुलेर कुरा गर्न नमिल्ने भन्दै उनले घुमाउरो पारामा जनताको चाहाना अनुसार हुनेमा अपेक्षा व्यक्त गरे । उनले भने–‘मेरो पनि विविध लिमिटेशन छन्,  मैले पनि विभिन्न नेताहरु तथा  प्रधानमन्त्री संग समेत यस विषयमा  कुरा गरेको छु ।’ 


मेला समुद्घाटन कार्यक्रममा बोल्दै  नेपाल उद्योग बाणिज्य महासंघकी  केन्द्रीय बरिष्ठ उपाध्यक्ष भवानी राणाले संविधान निर्माण पछि उद्योगी व्यवासायीहरुले अपेक्षा गरे अनुरुपमको औद्योगीक वातावरण बन्न नसकेकोमा  दुःख लागेको बताएकी थिईन् । अगामी दिनमा सरकार र नीजि क्षेत्र मिल्नुको विकल्प नभएको भन्दै उनले नीजि र सरकारी अवधारणा अनुसार देशको आर्थिक विकास गर्नुपर्ने बताईन् । उनले भनिन्–‘नेपाल संभावना भएको देश हो, यसको विकासको लागि नीजि क्षेत्र तयार छ, यसमा सरकारको पनि हातेमालो अपरिहार्य रहेको छ ।’

यस क्षेत्रको विकासका लागि   गौतम बुद्धको जन्मस्थल लुम्बिनी संग जाडेर विभिन्न आर्थिक फड्को मार्न सकिने भन्दै उनले यसको लागि संविधान कार्यान्वय र संघीयता चुनौतिको रुपमा आएको धारणा राखेका थिईन् । विषम परिस्थीतिमा पनि मेला महोत्सव आयोजना हुँदा उद्योगी, व्यवसायी सबैमा खुसीको सञ्चार भएको भन्दै उनले  मेला सफल बनाउन सबैको भुमिका महत्वपूर्ण भएको बताएकी थिईन् । 

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीयस (बस्तुगत) उपाध्यक्ष दिनेश श्रेष्ठले राजनीतिक दलहरुले आ आफ्नो घोषणा पत्रमा उद्योग धन्दा बन्द हडताल नगर्ने गरी  उल्लेख गरेपनि त्यसलाई व्यवहारमा कार्यान्वयन हनु नसकेको भन्दै यसमा राजनीतिक दलहरु गम्भिर हुनुपर्ने बताए ।  उनले भने–‘आर्थिक सार्थकता हासिल गर्नको लागि वित्तीय नीति तथा नियम कार्यान्वय हुनु आवश्यक छ ।’

यस्तै नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय (एशोसिटस्) उपाध्यक्ष  शेखर गोल्छाले अहिलेको अर्थसास्त्र कछुवाको गतीमा अगाडी बढेको भन्दै  बेला बेलामा हुने विभिन्न अवरोभको कारण आर्थिक क्षेत्र कमजोर भएको प्रति सरकारको ध्यानाकर्षण गरेका थिए । उनले भने–‘देशको अवसथा जहिले सम्म स्थिर हुन सक्दैन, जव सम्म   आर्थिक क्षेत्रको विकास हुदैन ।’ नेपालमा अहिले ४० लाख युवा विदेश पलायन भएको भन्दै उनले बढ्दो युवा पुस्ता को विदेश पलायन रोक्नुपर्ने बताए । कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर १ का सांसद अब्दुल रज्जाकले आफु अहिले संविधान संसोधनको पक्षमा रहेको भन्दै देशलाई निकास दिनको लागि संविधान संसोधन जरुरी रहेको बताएका थिए ।

समुद्घाटन कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले मेला महोत्सवको छुट्टै महत्व भएको भन्दै यसरी आयोजना हुने मेला महोत्सवले यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए  । 

 बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामलाल श्रेष्ठले  सवल अर्थिक केन्द्र समुन्नत बुटवल निर्माणको लागि सबैको भुमिका महत्पूर्ण भएको बताएका थिए । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले उद्योगी व्यवसायीहरुको मेला महोत्सव आयोजना गर्ने हिम्मत प्रसंसनिय भएको बताए । 

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले संसोधन प्रस्तावमा  लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरु नटुक्राउनको लागि सरकार संग माग गरेको बताएका थिए । बुटवलमा स्थायि  संरचना नहुदा  प्रत्येक मेला महोत्सव आयोजना हुँदा लाखौ रुपैयाँ खर्च हुने गरेको भन्दै स्थायि संरचाना निर्माणको लागि सरकार संग माग गरे । उनले भने–‘स्थायि प्रकृतिको मेला महोत्सव आयोजना   गर्न सकिने खालको आद्यौगीक प्रर्दशनी स्थालको आवश्यकता छ, यसमा सरकारको ध्यान जानु जरुरी रहेको छ ।’ उनले प्रस्तावित मोतिपुर औद्योगीक क्षेत्रको काम अगाडी बढाउनको लागि पनि सरकार संग माग गरेका थिए । 

पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दघिराम खरेलले प्रदेश विभाजनको विषयमा यस क्षेत्रका नेताहरुले  समयमा नै विचार पु¥याउन आग्रह गरेका थिए । उनले जनताको चाहान अनुसार अगाडी बढ्नको लागि यस क्षेत्रका नेताहरुलाई आग्रह गर्दै सकारले यस विषयमा सोच्नेमा आफु विश्वक्त भएको बताएका थिए । 

प्युठान उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानुराम न्यौपाले प्रदेश टुक्राउने विषयमा सबैले एक पटक सोच्नुपर्ने बताएका थिए । उनले तराई र पहाडलाई अलग गराउने कार्य कुनै हालमा पनि ठीक नभएको धारणा राखेका थिए ।

मेला समुद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष राम प्रसाद बन्जाडे,  नेकपा (माओवादी)का  रुपन्देही ईन्चार्ज शरद वली, नेकपा एमालेका जिल्ला सदस्य ऋषि पाण्डे,  संघका महासचिव हरि प्रसाद अर्याल लगायतले बोलेका थिए । मेलामा स्वदेश र विदेशमा गरी ६ सय स्टल छन् भने  ८ लाखभन्दा बढी दर्शकले अवलोकन अपेक्षा आयोजकले लिएका छन् । 

विगतको मेलाहरु भन्दा यस बर्ष बुटवल उद्योग बाणिज्य संघले रोजगारीको लागि विशेष पेलियन नै व्यवस्थापन गरेको छ ।  स्वदेश तथा विदेशमा रोजगारीका विभिन्न अवसर, तालिम तथा तालिम पश्चात प्राप्त हुने रोजगारीको  वातावरणलाई लिएर विशेष ‘जव ईन्फरमेशन सेन्टर’ को व्यवस्थापन गरिएको छ । जसलाई ‘युवा स्वरोजगार समृद्धिको आधार’ नाराका ससाथ ‘रोजगारी मेला–२०७३’ नाम दिएको छ  । ३० राष्ट्रमा उत्पादित ब्राण्डहरूसहित, राष्ट्रिय तथा स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रदर्शनी राखिएको छ भन  माछाको हवको रूपमा विकास भएको रूपन्देहीलाई थप प्रवद्र्धन गर्न  छुट्टै  स्टलमा माछाका परिकार मःम राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!