ग्रामीण क्षेत्रका दुई पुलको शिलान्यास

Posted on: 26 Dec, 2016

पुस ११, रुपन्देही । रुपन्देहीको देवदह क्षेत्रमा आइतबार दुईवटा पुलको शिलान्यास गरिएको छ । 

देवदह नगरपालिका केरवानी र नवलपरासीको सुनवल उखुबारी जोड्ने कजहरार नदीमा र देवदह–३ वसन्तपुर र तिलोत्तमा नगरपालिका–१५ भाटा जोड्ने रोहिणी खोला पुलको नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले शिलान्यास गर्नुभयो । ती पुल जिल्लाको ग्रामीण क्षेत्रमा पर्दछन् । 

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीका अनुसार देवदह नगरपालिकाको वसन्तपुर र तिलोत्तमा नगरपालिकाको भाटा बजार जोड्ने रोहिणी खोला पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ भने निर्माण कम्पनीले रु १० करोड एक लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता पनि गरेको छ । 

पुल १२० मिटर लम्बाइको पुल र तटबन्ध निर्माण भएपछि आवतजावतमा सुविधा पुग्नुको साथै नदी कटान नियन्त्रण हँुदा खेत र बस्ती सुरक्षित हुने विश्वासले स्थानीय निकै उत्साहित भएका छन् । 

यस्तै उता देवदहको केरवानी र नवलपरासी सुनवलको उखुबारी जोड्ने ४२ मिटर लामो कजरार नदी पुल अबको दुई वर्षमा निर्माण हुने सम्झौता भएको छ । मैनाचुली सत्यसाई अन्जना जेभीले रु सात करोड ४२ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!