झापामा दुई करोड ५० लाखको लागतमा होटल सञ्चालन

Posted on: 28 Dec, 2016

पुस १३, झापा । झापाको बाहुनडाँगीमा स्थानीय युवाको सक्रियतामा दुई करोड ५० लाखको लागतमा होटल सञ्चालन गरिएको छ । 

ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अर्जुन कार्की, राजु बास्कोटा, निरज बोगटी र राजकुमार ओलीको संयुक्त लगानीमा ‘वन्स अगेन इलिफेन्ट रिसोर्ट एन्ड लज’ सञ्चालन गरिएको हो । 

बाहुनडाँगीमा दैनिक भारतीय जङ्गलबाट आउने हात्तीका हुल समेत यस रिसोर्टबाट प्रत्यक्ष हेर्न सकिने सञ्चालनक अर्जुन कार्कीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!