सडक सञ्चालानलाई तिव्र पार्न गमगढीमा सडक निर्माण परियोजना

Posted on: 31 Dec, 2016

नन्द बहादुर रोकाया/पुस १६, मुगु । प्रदेश नम्बर ६ को बिकासका लागि महत्वपुण मानिने मुगु सदरमुकाम गमगढीदेखि नाग्चालाग्न जोडेने गमगढी  नाक्चालाग्ना सडक सञ्चालान लाई तिव्रपार्न गमगढीमा सडक निर्माण परियोजनाको स्थापान हुने भएको छ  । 

बिगत लामो समययता निर्माण तथा बिकासको कुरा उठेको भएपनी काम हुन नसकेको नाक्चेलाग्ना नाकाको निर्माण तिव्र पार्नका लागी अब जिल्लामै गमगढी नाक्चेलाग्ना सडक निर्माण परियोजना सञ्चालनमा आउने भएको हो । 

मन्त्रि परिषदबाट पासभए लगत्तै परियोजना सञ्चालनको तयारी भईरहेको गमगढी नाक्चेलाग्ना नाका सञ्चाल सरोकार समितीका सयोँजक तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य मगंल शाहीले जानकारी दिनुभएको छ । यसैबिच मुगु जिल्लाको पुर्वि व्यापारीक नाका तिब्बत जोड्ने नाक्चालाग्न सड्क निर्माण कार्य कछुवाको गतिमा अगाडि बढ्दै गएको छ । 

करीव ७ बर्ष अघि देखि राष्ट्रिय योजना आयोगले प्रथामिकतामा राखिरहेको भए पनि मुगु तिब्बत जोड्ने नाक्चालाग्न सड्क कछुवाको गतिमा अगाडि बढि यहीले सम्म् १४ किलो मिटर ट्रयाक मात्र ओपन गरिरहेको छ । 

सरकारले मुगुको तिब्बत नाका खोलेर सामान आयातमा सहज बनाउन चिन संग सम्झैता गरेको भए पनि तिब्बत जोड्ने सड्क निर्माणकार्यले गति लिन नसक्दा अझै २ दशक लाग्ने अनुमान गरिएको छ । 

मुगु देखि तिब्बतको हयाजिराम ८४ किलोमिटरहेको भयपनी अहिलेसम्म सडक डिभिजन कार्यलय गमगढी देखि माग्री गा.वि.सको छायल सम्म १५ किलोमिटर सडक मात्र खनिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!