ट्याङ्कर पार्कीङस्थल लगायत पूर्वाधार निमार्ण

Posted on: 31 Dec, 2016

पुस १६, मोरङ । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यलय (डिपो) हाताभित्र रु एक करोड ६० लाखको लागतमा ट्याङ्कर पार्कीङ स्थललगायतका अन्य पूर्वाधार निमार्ण गरिएको छ । 

आयल निगम पूर्वक्षेत्रीय कार्यलय विराटनगरका प्रमुख दिनेश यादवको पहल तथा ट्याङ्कर चालकको मागअनुसार सो पार्कीङस्थलको निमाण गरिएको हो । यसको निर्माणबाट बाटोमा ट्याङ्कर जथाभावी पार्कीङ गर्ने, ट्याङ्कंरको समान चोरी हुने तथा विभिन्न दुर्घटनाले उत्पन्न हुने समस्या हटेर जाने बताइएको छ ।

आयल निगमको १२ कठ्ठाजग्गामा निमार्ण गरिएको पार्कीङस्थलमा शौचालय, खानेपानी, गेट तथा पक्की चौताराका साथै त्यहाँ करिब एक सय ट्याङ्कर पार्कीङ गर्ने कार्य अन्तिमचरणमा पुगेको प्रमुख यादवले जानकारी दिनुभयो । 

पूर्वाञ्चल ट्याङ्कर चालक इकाई सङ्घका अध्यक्ष केशव आचार्यले पटक–पटकको लामो मागपछि सो स्थल निमार्ण भएकाले यसबाट ट्याङ्कर चालक र व्यवसायीलाई सुरक्षित गराउन सकिने बताउनुभयो । 

त्यस्तै सो कार्यलयको पेट्रोलियम पदार्थ भण्डारण गर्ने डिपो परिसरमा रु एक करोडको ठेक्का सम्झैताअनुसार ट्याङ्कर राख्ने लगायतका पूर्वाधार निमार्ण भइरहेको छ । 

पूर्वाञ्चको १२ जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति र बिक्री वितरण गरिरहेको सो कार्यालयको डिपोमा भारतको बरौनी रिफाइनरीबाट दैनिक ३५ ट्याङ्कर डिजेल तथा १० ट्याङ्कर पेट्रोल आयात हुने गरेको कार्यलयले जनाएको छ । 

पूर्वाञ्चलको १२ जिल्लामा दैनिक तीन लाख लिटर पेट्रोल तथा आठ लाख लिटर डिजेल सो कार्यलयबाट विक्री वितरण हुने गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!