२५ दिनभित्र सौचालयको पाईप नदिबाट हटाउन नगरपालिकाको अल्टिमेटम

Posted on: 08 Jan, 2017

पंकज धामी | पुस २४, दार्चुला । आफ्नो घरको सौचालयको पाईप महाकाली नदिमा फाल्ने अपि नगरपालिका ११ खलंगा बजारका ९३ परिवारलाई २५ दिनभित्र सेफ्टी ट्याङ्की निर्माणगरी व्यवस्थित गर्न नगरपालिकाले अल्टिमेटम दिएको छ ।

नगरपालिकाका खलंगा बजारका महाकाली नदिक्षेत्रमा पर्ने ९३ बढीघरहरुले आफ्नो सौचालयका पाईपहरु सिधै महाकाली नदिमा मिसाउने गरेका कारण नगरपालिकाले उक्त घरधनीहरुलाई व्यवस्थित हुन समय सिमा दिएको हो ।

२०७३ साल भित्र दार्चुला जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने संसोधित लक्ष्य अनुसार अपि नगरपालिकालाई माग मसान्त भित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी स्वरुप नगरपालिकाले सरसफाईको कामलाई तिव्रता दिएको नगरपालिकाका कार्यकारी अधिकृत अम्मरराज खत्रीले जानकारी दिनुभयो ।

यो भन्दा पहिले दार्चुला जिल्लालाई सन् २०१६ सम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको थियो । उक्त समय भित्र दार्चुला जिल्लाका सबै ३६ गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईसकेका छन् । नगरपालिकाका ९ वडाहरु अझै खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेकाले जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिले जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने समयसीमा लम्ब्याएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!