अछामको कमलबजारमा नेपालकै ठुलो वायु उर्जा परिक्षण सफल

Posted on: 10 Jan, 2017

टेकराज भण्डारी | पुस २६, अछाम | अछामको कमलबजारमा नेपालकै हालसम्मको ठुलो ३१ किलोवाट क्षमताको हावाबाट बिजुली निकाल्ने कामको परिक्षण गरिएको छ ।

कमलबजार नगरपालिका वडा नम्बर ८ मा ३१ किालावाटको विद्युत परिक्षण सफलतापूर्वक सम्पन्न भएको व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कुँवरले बताउनु भयो । शुक्रबार देखि परिक्षण गरिएको र हाल सम्म बिना अबरोध विद्युत उत्पादन भैरहेको छ । बैकल्पिक उर्जा प्रवद्र्धनन केन्द्रको १ करोड २४ लाख, नगरपालिका र स्थानिय को श्रमदान करिब ७० लाख गरि करिब १ करोड ९४ लाखका लागतमा विद्युत उत्पादन गरिएको हो । २० किलोवाट विद्युत उत्पादन हावाबाट गरिने छ भने ११ किलोवाट विद्युत उत्पादन सोलारबाट गरिने उपभोक्ता समितिका अध्यक्ष नृप बोहराले बताउनु भयो । विद्युत उत्पादन गरी कमलबजार नगरपालिकाभित्र बिस्तार गरिने छ । सोलार, तार जोड्ने र केही विद्युतीय खम्बा गाड्ने काम धमाधम भैरहेको बोहराले जानकारी दिनुभयो । यी काम पनि पुस महिनाभित्र सक्ने र माघ १ गतेबाट कमलबजारमा बिजुली बाल्ने छ ।

सुरुमा एकसय ४७ घरमा विद्युत बाल्ने र केही समय भित्रै दुईसय घरधुरी समेटिने छन् । विद्युत उत्पादन भएपछि अब बाल्न पाईने भन्दै स्थानीय निकै खुसी भएका कमलबजार नगरपालिकाका सूचना अधिकृत भीम खतिवडाले बताउनु भयो । स्थानीयले ३० लाख रुपैयाँ जुटाउनुका साथै विद्युत भवन, बिजुलीको तार र घरमा वाइरिङका काम गर्नुपर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!