अछाम जिल्लाको विकासका लागि समावेशी योजना

Posted on: 10 Jan, 2017

विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लाको विकासका लागि समावेशी योजना ल्याउन अछामका नागरिक अगुवाले सुझाव दिएका छन् । उनीहरुले जिल्लाको योजना छनोट हुदा जिल्लामा योजनाको प्रथमिकता दिँदा लक्षित समुदायलाई प्रमुख आधार मान्न सुझाव दिएका छन् । 

योजना छनोट समावेशी तवरले गरिए पनि कार्यान्वयनमा समस्या आएको औंल्याउँदै उनिहरुले  त्यसतर्फ सर्बदलीय तथा सर्वपक्षीय चासो हुनुपर्नेमा जोड एिका थिए । रेडियो रामारोशन अछामद्धारा प्रशारित रेडियो कार्यक्रम साझाबोली लहरको विषय वस्तु छनोट अन्तर्गत भएको अन्तरक्रियात्मक छलफलमा आगामी दिनमा बस्तुगत योजना निर्माणमा बिशेष ध्यान दिइने बताउँदै स्थानीय बिकास अधिकारी तोयनारायण सुवेदीले जिल्लामा योजना छनोटमा समावेशी सहभागीतामा रही योजना छनोट गर्ने गरेको बताउनु भयो । छलफल कार्यक्रममा बोल्दै उहाँले योजनामा प्रथमिकता दिने गरी योजना निर्माण र अभियानलाई जोड दिइएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा शर्माले योजना छनोट र कार्यान्वयन गर्दा नेपाल सरकारले जारी गरेका नीति नियम अनुसार काम गर्न सहयोग गर्ने बताउनु भएको छ । 

प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लामा अपागं मैत्री भवन निर्माणका लागी पहल भैरहेका पनि जानकारी गराउनु भयो । छलफल कार्यक्रममा प्रहरी प्रमुख निरञ्जन दत्त भट्ट, नागरिक अगुवा तथा महिला सरिता उपाध्यय, दलित महिला संघका अध्यक्ष लक्ष्मी सोप, दलित समन्वय समिती अध्यक्ष महेन्द्र विक, सचिब बृख विक, अपांग उत्थान समिती अध्यक्ष जंग विक, अनुसन्धान अधिकृत लोकराज जोशी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण साझाबोली रेडियो कार्यक्रमका उत्पादक बिद्युत्मा रैका, सामुदायिक रिर्पाेटर गायत्री भण्डारीले गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!