साझाले घटायो उपत्यकाबाहिरका रुटमा २० प्रतिशत भाडा (भाडादरसहित)

Posted on: 13 Jan, 2017


पुस २९, काठमाडौं । असोज १६ गतेदेखि उपत्यकाबाहिर सेवा दिन सुरु गरेको साझा यातायातले उपत्यकाबाहिरका रुटमा चल्ने गाडीको भाडादर २० प्रतिशत घटाएको छ । 

उपत्यका बाहिर तीनवटा रुटमा सेवा प्रदान गरिरहेको साझाले २० प्रतिशत भाडा घटाएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । 

हाल काठमाडौंबाट बाग्लुङ, गोरखा, विरगंज, पोखरा, भैरहवा, लुम्बिनीको लागि ८ वटा बसबाट सेवा दिइरहेको छ । 

यसअघिको भाडादरमा २० प्रतिशत घटाएर नयाँ भाडादर माघ १ गतेदेखि लागु हुने साझा यातायातले जनएको छ । यात्रुहरुलाई सहज, सुलभ र सस्तोदरमा यात्रा गराउने योजना अनुसार नै भाडा घटाइएको उनले जानकारी दिए । 

 भाडादर र रुट ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!