नवलपरासी मध्यविन्दुको बजेट १५ करोडभन्दा बढी

Posted on: 14 Jan, 2017

माघ १, कावासोती । नवलपरासी, मध्यविन्दु नगरपालिकाले आगामी आव २०७४/०७५ का लागि रु १५ करोड ८३ लाख ५१ हजार को बजेट पारित गरेको छ । 

शुक्रबार आयोजित दोस्रो नगर परिषद्ले आन्तरिक आयतर्फ रु एक करोड ६० लाख, अनुदान तथा राजस्व बाँडफाँटबाट करिब रु नौ करोड २४ लाख र सामाजिक सुरक्षातर्फ रु पाँच करोडको बजेट पारित गरेको नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । 

बजेट बाँडफाँटअन्तर्गत आर्थिक सामाजिक एवम् भौतिक पूर्वाधार विकासका लागि करिब रु एक करोड ६६ लाख छुट्याइएको छ । त्यस्तै प्रवद्र्धनात्मक कार्यक्रमका लागि रु ४१ लाख ४० हजार र लक्षित वर्ग कार्यक्रमका लागि रु एक करोड ३८ लाख विनियोजित गरिएको छ । बजेट नगरपालिकाको पूर्वाधार विकास सँगसँगै सामाजिक सुरक्षाका क्षेत्रमा समेत केन्द्रित रहेको बताइएको छ । 

सो अवसरमा सांसद कृष्णप्रसाद पौडेलले नगरपालिकाको नीति, योजना, बजेट तथा कार्यक्रम सँगसँगै खोलानालाजन्य पदार्थको चोरी निकासी नियन्त्रण लागि समेत ध्यान दिनुपर्ने बताउनुभयो । 

स्थानीय विकास अधिकारी युवराज कट्टेलले जिल्लामा कानुन विपरीतका काम हुन नदिने र राजस्वका वृद्धि लागि नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रणका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!