कालिका मन्दिरमा ६ महिनामा ४७ लाख भेटी

Posted on: 15 Jan, 2017

पर्वत । प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा आ।ब ०७३।७४ को पहिलो छ महिनामा जम्मा रु ४६ लाख ९८ हजार ८ सय १२ रुपैयां  संकलन भएको छ । 

यो रकम गत आ।ब।को तुलनामा ७ लाख ५६ हजार ४ सय २६ रुपैयांले बढी हो । ०७२।७३ को पहिलो छ महिनामा ३९ लाख ४२ हजार ३ सय ८६ रुपैयां जम्मा भएको थियो ।  यो छ महिनामा ९     सय ९ बोका, १ हजार १ सय ४५ कुखुरा, २८ रांगो, ७ सुंगुर बलि दिइएको थियो ।

 भक्तजन एवं दर्शनार्थिहरुले मनोकामना पुरा होस भनी ३ हजार ५ सय ३९ जोडी    परेवा मन्दिरबाट खरिद गरेर उडाएका थिए भने ४ सय ५४ पाथि ३ माना चामल बिक्रिबाट जम्मा भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी   दिए ।


यो आ।बको श्रावण महिनामा २ लाख ९७ हजार ७ सय ३४ रुपैयां, भाद्र महिनामा ४ लाख ८७ हजार ६ सय ३० रुपैयां, असोज महिनामा १८ लाख ७५ हजार ९१ रुपैयां, कात्तिक महिनामा ६ लाख १९ हजार १ सय ३२ रुपैयां, मंसिर महिनामा ८ लाख ६४ हजार ४ सय ४७ रुपैयां तथा पौष महिनामा ५ लाख ५४ हजार ७ सय ७८ रुपैयां जम्मा भएको थियो ।

यसै गरी पौष महिनामा संकलित आयस्था बिवरण अनुसार भेटी २ लाख ९६ हजार १ सय ९५ रुपैयां, बोका मुढ ९९ बिक्रिबाट ७० हजार ७ सय ६० रुपैयां, परेवा बिक्रि ४ सय १२ जोडीबाट १ लाख ६४ हजार ८ सय रुपैयां, कुखुरा मुढ बिक्रि १ सय १० बाट ४ हजार ४ सय ७५ रुपैयां संकलन भएको थियो ।


त्यसैगरी रांगो मुढ बिक्रि २ बाट ८ सय ६० रुपैयां, हासं मुढ विक्रि ७ बाट २ सय २५ रुपैयां, चामल बिक्रि ५५ पाथि ३ मानाबाट ११ हजार ७५ रुपैयां, आर्थिक सहयोग १४ जनाबाट २ हजार १ सय २८ रुपैयां तथा अन्य आम्दानी ५ हजार ९ सय २५ रुपैया जम्मा भएको गुठी संस्थाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!