दुई थरी छापावाला सुन बजारमा, मूल्य पनि फरक-फरक

Posted on: 16 Jan, 2017

माघ ३, काठमाडौं ।  सोमबारदेखि छापावाल सुन नेपाली बजारमा दुई थरीको फरक फरक मूल्यमा कारोबार हुने भएको छ । 

गुणस्तरका आधारमा छापावाल दुई थरि सुनको भाउ दुईथरी निर्धारण गरिएको हो । अहिलेसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार हुने गरेकोमा अब एनआईसी एसिया बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकाले भाउ फरक फरक भएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको गुणस्तर फरक हुने उनले जानकारी दिए । सोमबार ९९ दशमलव ५० प्रतिशतको सुन तोलाको ५५ हजार रुपैयाँ पुगेको छ । यो आइतबारको भाउ भन्दा ३ सय रुपैयाँले बढी हो । यस्तै सोमाबारदेखि कारोबार सुरु भएको ९९ दशमलव ९९  प्रतिशतको सुनको भने तोलामा ५५ हजार २ सय रुपैयाँ मूल्य तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!