श्रीकेदार साँस्कृतिम महोत्सवको तयारी तिब्र

Posted on: 16 Jan, 2017

नरी बडु/माघ ३, बैतडी । जिल्लाको श्रीकेदार गाविसमा हुन लागेको दोश्रो श्रीकेदार साँस्कृतिक महोत्सवको तयारी तिब्र भईरहेको छ ।

यस महिनाको १५ गते देखि १९ गते सम्म संञ्चालन हुने महोत्सवको तयारीका लागि आज आयोजक कमिटीको बैठक बसी विभिन्न किसमका निर्णयहरु गरिएको छन् ।

बैठकले महोत्सव आयोजक समितीको सक्रियतामा संस्था दर्ता गर्ने निर्णय समेत गरेको छ ।

जिल्लाको संस्कृती, रितिरीवाज र भेषभुसालाई जोगाउन संस्थाले जिल्लाभरी काम गर्ने संस्थाका संस्थापक एवम् श्रीकेदार साँस्कृतिक महोत्सवका संयोजक सुरेन्द्र प्रशाद भट्टले बताए ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहने भट्टले बताए । 

भट्टका अनुसार स्थानीय कलाकारहरुलाई पनि महोत्सवमा विशेष स्थान दिईने छ । सोमबार बसेको बैठकले महोत्सवमा आउने आगन्तुक पाहुनाहरुका लागि गेट निर्माण लगायतका काम भईरहेका छन् । महोत्सव श्रीकेदार गाविसमा रहेको श्रीकेदार उमावि पिपलकोटमा हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!