पाल्पाको एक विद्यालयको नयाँ पक्की भवन निर्माण

Posted on: 18 Jan, 2017

माघ ५, पाल्पा । मोहमी माध्यमिक विद्यालय, साँखरमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । 

शिक्षा मन्त्रालयमार्फत भौतिक सुधार कार्यक्रमअन्तर्गत छुट्याइएको रु १९ लाख ५० हजारको लागतमा नयाँ भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा कक्षा बालविकास तथा कक्षा १ र २ सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले बताउनुभयो । 

कक्षा बालविकासदेखि कक्षा १० सम्म पठनपाठन हँुदै आइरहेको यस विद्यालयमा भवन अभावमा पठनपाठनमा निकै समस्या रहेको थियो । 

भौतिक पूर्वाधार अभावमा शिक्षाको गुणस्तर वृद्धि नहुने हुँदा यस क्षेत्रका सरोकारवाला निकायको पहलमा भवन निर्माण गरिएको हो । भौतिकरुपमा सबल भए शिक्षाको गुणस्तर वृद्धि र विद्यार्थी भर्नादरमा पनि वृद्धि आउने विद्यालयका शिक्षक केशवती अधिकारी बताउनुहुन्छ । 

पुस्तकालयका लागि  एक लाख 

यसैबीच, पुस्तकालय निर्माणका लागि नेकपा (एमाले) रामपुर नगर कमिटीलाई रु एक लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ । 

एनआरएन अमेरिकाका वरिष्ठ सल्लाहकार डा रुद्र अर्यालले रामपुरमा पुस्तकालय निर्माणका लागि रु एक लाख सहयोग गर्नुभएको हो । 

पार्टीका सिद्धान्त, दर्शन समेटिएका विभिन्न ज्ञानबद्र्वक किताब खरिद गरी पुस्तकालय सञ्चालन गर्न डाक्टर अर्यालले अनुरोध गर्नुभएको छ । 

“कमै व्यक्तिले मात्र पुस्तक पढ्ने हुँदा ज्ञानबद्र्वक कुरामा मन जागोस् भन्ने उद्देश्यले पुस्तकालय स्थापनाका लागि आर्थिक सहयोग गरेको हुँ” उहाँले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!