मोरङ मालपोत कार्यालयको राजश्वस २७ करोड

Posted on: 19 Jan, 2017

माघ ६, विराटनगर । मालपोत कार्यालय विराटनगरले चालु आर्थिक बर्षको ६ महिनामा २७ करोड भन्दा बढी राजस्व संकलन गरेको जनाएको छ । 

कार्यालयले ६ महिनाको अवधिमा घर जग्गा रजिस्ट्रेशन पास गरेबापत २४ करोड ५५ लाख ९४ हजार संकलन गरेको छ । यस्तै दृष्टि बन्धक नामसारीबाट २ करोड ७० लाख ४५ हजार राजस्व उठाएको मालपोत कार्यालय विराटनगरका प्रमुख नरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

यस्तै कार्यालयले पुर्जा विक्रीबाट २१ लाख र रोक्का दस्तुरबाट ३८ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षमा भूकम्प, नाकाबन्दी लगायतका कारणले जम्मा साढे ३४ करोड मात्रै राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!