अब आइएमई कस्टमर कार्डमा जति बोनस त्यतिनै आकर्षक उपहार

Posted on: 19 Jan, 2017


माघ ६, काठमाडौं । नेपालकै नम्बर १ रेमिट्यान्स कम्पनी आइएमईले कस्टमर कार्डमा बोनस अंकसहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो ब्यबस्था बमोजिम आइएमईले जति धेरै प्वाइन्ट त्यतिनै राम्रो र आकर्षक उपहार पाईनेछ । यो योजना आगामी असार मसान्तसम्म लागु हुनेछ ।

योजना अन्तर्गत कस्टमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुसार निश्चित बोनस अंक प्राप्त हुनेछ । निश्चित बोनस अंकमा तोकिएको उपहार प्राप्त गर्न सकिनेछ ।

साथै बोनस अंक नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार (आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिनेछ ।

पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेटबोनस अङ्कवापत प्राप्त गर्न सकिने उपहारहरू हुनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!