थोत्रा कपडा नयाँ बनाउनुस्

Posted on: 23 Jan, 2017

सास । माघ १०, बर्दिया । 

आफूले लगाएको लुगाहरु हत्तपत्त फाल्न पनि मन लाग्दैन । जीवनको कुनै कालमा लगाएको लुगा कपडाहरुको माया लाग्नु पनि स्वभाविकै हो । त्यसैले त्यस्ता साइज नमिलेका पुराना कपडाहरु घरमा राख्दा राख्दै बोरा भरिएको हुन्छ । जिल्लाको कालिका गाविस शितलाबजारमा पुराना कपडा रिसाइकल गरी नयाँ कपडा बनाउने मेशीन सञ्चालनमा अाएपछि स्थानीयहरु खुशी छन् । 

 

पुराना कपडाबाट निकालिएको कालो कपास ....

यसरी मेशीनको प्रयोग गरेर पुराना कपडाहरुबाट जाडोका लागि सिरक तथा डसनाहरु बन्ने भएका कारणले गर्दा पनि आजभोली गाउँघर तथा शहरबजारमा पुराना कपडाहरुबाट कालो कपास निकालेर डसना बनाउने प्रचलन बढ्दै गएको हो । यसले गर्दा स्थानीय व्यापार बढ्नुको साथै पुराना भएका र घरमा ढाँड भएका कपडाहरुको सदुपयोग भएकोले स्थानीयहरु निकै खुशी रहेका छन् ।

 

 शितलाबजारमा राखिएको पुराना कपडाबाट कालो कपास बनाईंदै ......


पुराना कपडाबाट टाँक हटाउँदै ....


कपास निकाल्न ल्याइएका पुराना कपडाहरुको थुप्रो .....


ल हेर्नुस त कति राम्रो डसना बन्यो .....!


यस बिषयमा तपाइको प्रतिक्रिया...!