बझाङमा युवा स्वरोजगार कोषबाट दिएको क्रृण असुली भएन

Posted on: 25 Jan, 2017

सम्राट सिंह/माघ १२, बझाङ । नेपाल सरकारको अर्थ मन्त्रालय अन्र्तगत युवा स्वरोजगार कोषबाट दिएको क्रृण असुली भएको छैन । 

क्रृण समितिले हचुवाका भरमा व्यवसाय नगर्नेलाई क्रृण लगानी गरेकाले असुली नभएको हो । जिल्ला कृषि विकास बैंक मार्फत बाख्रापालन,खुद्रा व्यापार,फर्निचर उद्योग,सिलाईकटाई पसल तथा कृषि व्यवसायका लागि क्रृण लगानी गरेको थियो ।

२०६९ साल मंसिर महिनामा युवा स्वरोजगार तालिम लिएका १ सय ७४ जनालाई प्रतिव्यक्ती ५४ हजार ५ सयका दरले क्रृण लगानी गरेको जिल्ला कृषि विकास बैंकका सहायक प्रबन्धक बिरेन्द्र सिंह महताले बताए । क्रृण लगेका क्रृणीहरुले व्यवसाय नै नगरेकाले क्रृण असुली गर्न गाह्रो भएकोे महताको भनाइ छ ।

जिल्लामा १ सय ७४ जनाले क्रृण लिएको भएपनि ३८ जनाले नियमित क्रृणको किस्ता र ब्याज बुझाउने गरेको र बाँकी १ सय ३६ जना क्रृणीहरु भने क्रृण लिएको एक बर्ष पुगिसक्दा समेत जिल्ला कृषि बैंकको सम्पर्कमा पनि आएका छैनन् ।

क्रृणीले प्रत्येक बर्ष ब्याज र किस्ता १० हजार ९ सय नियमित बुझाउनु पर्ने र ५ बर्षसम्म सम्पूर्ण रकम तिरिसक्नुपर्ने सम्झौतामा कृषि विकास बैंक मार्फत क्रृण लगानी भएको थियो । युवालाई लक्षित गरी युवालाई व्यवसायिक बनाउने उद्येश्यले दिएको क्रृणमा नियमित ब्याज र साँवा बुझाउने क्रृणीलाई ब्याजको ६० प्रतिशत रकम फिर्ता गर्ने उल्लेख गरेको थियो । 

जिल्ला कृषि विकास बैंकले क्रृण असुलीका लागि पटक पटक ताकेता गरेको भएपनि क्रृणीहरुले वास्ता नगरेका कारण क्रृण असुली नभएको जिल्ला कृष विकास बैंकले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!