टोपवहादुर रायमाझीद्धारा अर्घाखाँचीको हंसपुरमा मोटरबाटो उद्घाटन

Posted on: 26 Jan, 2017

जितेन्द्र खत्रि/माघ १३, अर्घाखाँची । नेकपा माओवादी केन्द्रका संसदिय दलका उपनेता तथा पुर्वमन्त्री टोपवहादुर रायमाझीले अर्घाखाँची जिल्लाको हंसपुर गाविस वडा नम्बर २ को रत्नमारे पैयाँ, छेडा, बाझिने, दोबाटा हुदै प्युठान जाने करिव ७ किलोमिटर मोटरबाटाको आज एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।

मोटरबाटाको उदघाटन गर्दै पुर्वमन्त्री टोपवहादुर रायमाझीले स्तरिकरणका लागी आफुले कुनै पनी प्रयास बाँकी नराख्ने र उक्त योजनालाई स्तरिकरण गर्नका लागी क्षेत्रिय योजनामा समावेश गराउने बताउनुभएको छ । मोटरबाटो निमार्ण गर्नका लागी १४ लाख ५ हजार दर्च भएके छ । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कान नेकपा एमालेका सचिवालय सदस्य दलबहादुर भट्टराई, माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विक, जनमोर्चाका डिल बहादुर खत्री, नयाँ शक्ती नेपालका खिमबहादुर विक , जिल्ला विकास समितीका दामोदर ज्ञवाली, एमाले गाउँ कमिटीका अध्यक्ष ऋषिराम थापा, माओवादी केन्द्रका, नेकपा माओवादी केन्द्रका नारायणप्रसाद अर्याल, नयाँ शक्ती नेपाल गाउँ कार्य समितीका बलबहादुर राना, गाविस सचिव कमलप्रसाद प्रोख्रेल, प्युठानका समाजसेवी प्रतिमान पुन लगाएतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम उपभोक्ता समितीका अन्नत प्रसाद अधिकारी, अध्यक्षता  धर्मराज अधिकारीको स्वागत मन्थव्य र पत्रकार इन्द्रलाल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!