सहज सहकारिको साधारण सभा सम्पन्न

Posted on: 27 Jan, 2017


माधव वेल्वासे/माघ १४, कपिलवस्तु । सहज वचत तथा ऋण सहकारि सस्थाको नवौ साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

२०६४ सालमा डिभिजन सहकारि कपिलवस्तुमा दर्ता भई सन्चालनमा आएको सहकारिले छोटो समयमा धेरै प्रगति गर्न सफल भएको छ । सभामा वोल्ने वक्ताहरुले सहकारिमा आवद्ध सदस्यहरुको घरमा आगजनि भएको वेला सस्थाले राहत वितरण गरेकोले उदाहरणिय कार्यहरुको वारेमा खुलेरै प्रशंसा गर्दै सहकारिको उत्तर उत्तर प्रगतिको कामना गरेका थिए ।सस्थाका अध्यक्ष दिपक खड्काले सहकारिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सस्थाका लेखा संयोजक लिलामणि पौडेलले आर्थिक वर्ष २०७२ ७३ मा १ करोड ४६ लाख २२ हजार ६ सय १७  वारवारको कारोवार गरेको आय व्याय प्रस्तुत गर्नुभएको थियो ।

सस्थाको सदस्यता वन्न र वाहिरिन को लागि सधै ढोका खुल्ला नै रहने भएकाले सदस्यता सख्या वढाउनु पर्ने कपिलवस्तु वचत तथा ऋण संघ कि सदस्य तथा सृजनसिल वचत तथा ऋण सहकारि सस्था कि अध्यक्ष शुसिला खनालले वताईन ।

सभाको समापनमा वोल्दै सस्थाका अध्यक्ष खड्काले सहकारिको प्रगतिको लागि सवै शेयर सदस्यहरुको ठुलो भुमिका रहेकोले ९१२ सदस्यहरु वनाउन सफल भएकामा खुसि समेत व्याक्त गरे ।सहकारिको आगामि कार्ययोजना अनुमानित आयव्याय समेत प्रस्तुत गरेका थिए ।

सहज वचत तथा ऋण सहकारि सस्थाका अधक्ष्य दिपक खड्काको अध्यक्षता, कपिलवस्तु वचत तथा ऋण संघ कि सदस्य तथा सृजनसिल वचत तथा ऋण सहकारि सस्था कि अध्यक्ष शुसिला खनालको प्रमुख आतिथ्यता, सहज नेपालका उपाध्यक्ष टुक प्रसाद अर्याल लगाएत विभिन्न संघ सस्था प्रतिनिधि,संचारकर्मीहरुको आतिथ्यता रहेको थियो।



यस बिषयमा तपाइको प्रतिक्रिया...!