दार्चुलामा नेपाल भारत जोड्ने पुलहरुको निर्माण चाँडै हुने

Posted on: 31 Jan, 2017

माघ १८, दार्चुला । नेपाल सरकारको तुईन विस्थापन कार्यक्रम अन्र्तगत पुर्व पस्तावित नेपाल भारत जोड्ने दार्चुलाको लाली र तिग्रममा निर्माण गरिने झोलुङ्गे पुलको निर्माण कार्य चाँडै हुने बताईएको छ ।

पुल निर्माणका लागी भारतिय भू भाग तर्फ स्थान एकिन गर्ने कार्य अन्तिम चरणमा पुगेको जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ ।

पुल निर्माणको कार्य चाँडै सुरु गर्नका लागी सनुन्वय गर्न मंगलबार जिल्लाबाट सस्पेन्सन बृज डिभिजन श्रीमहल पुल्चौकको ईञ्जीनियरहरुको टोली र जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोली  भारतको धार्चुला प्रस्तान गरेको छ ।

भारतिय पदाधिकारीहरु सँग भेटघाट गरि निर्माण तथा प्रक्रयागत रुपमा काम अघि बढाईले कार्यालयले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!