सनराइज बैंक लिमिटेडको इलाम शाखा स्थानान्तरण

Posted on: 31 Jan, 2017


माघ १८, काठमाडौं । सनराइज बैंक लिमिटेडले इलाम शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेको छ । 

बैंकले बैंकिङ्ग सेवाहरु छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले ग्राहकहरूलाई पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको जनाएको छ ।

स्थानान्तरण गरिएको शाखा कार्यालयको समुद्घाटन सोमबार इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी जनक राज दाहालले गरे । सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक रविन नेपालको उपस्थिति रहेको थियो ।

नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर (Safe Deposit Locker) सेवा समेत उपलब्ध गराइएको छ । बैंकले उक्त शाखामा २०७३ माघ १७ गते देखि फाल्गुण १७ गते सम्म लकर सेवाको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

हाल सनराइज बैंकका मुलुकभर ६७ वटा शाखा र ७२ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणघाट र मलेसिया भि.एल.एन. उत्तरढोका काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!