साढे १५ लाखको लागतमा मोटरबाटो निर्माण

Posted on: 02 Feb, 2017

माघ २०, सल्यान । सल्यानको त्रिवेणिमा निर्माण गरिएको १२ किलोमिटर भन्दा बढि मोटरबाटोको आज विहिबार उद्घाटन गरिएको छ । 

मोटरबाटोको व्यवस्थापिका संसद् अर्थ समितीका सभापती तथा सल्यान क्षेत्र नम्बर २ का सांसद् प्रकाश ज्वालाले उद्घाटन गरेका हुन् । सांसद् क्षेत्र विकास पूर्वाधार कार्यक्रमको १२ लाख, जिविस सल्यानको १ लाख र जनश्रमदान २ लाख ६६ हजार गरि १५ लाख ६६ हजारको लागतमा लुहाम–सिम्क मावि हुँदै सल्लेखोला ढोरचौर सम्म जोड्ने मोटरबाटो निर्माण भएको हो ।

बाटो उद्घाटन गर्दै सांसद् ज्वालाले निर्माण भएको मोटरबाटोको रेखदेख र संरक्षणमा उपभोक्ताहरु नै लाग्नुपर्ने धारणा राखे ।

एमालेका पोलिटव्युरो सदस्य समेत रहेका ज्वालाले भने– ‘गाउँमा उत्पादन भएका कृषि जन्य वस्तु बजार सम्म लगेर बेच्न र बजारबाट आबश्यक सामान ल्याउन मोटरबाटोले धेरै नै सजिलो पार्नेछ, अन्य विभिन्न फाइदा पनि बाटोले पु¥याउने छ, तर मोटरबाटोको मर्मत, संरक्षणमा स्थानीयले नै चासो राख्नुपर्छ ।’ साथै उनले गाउँ समाजको विकासमा सबै एकजुट हुनुपर्ने भन्दै पार्टिगत र व्यक्तिगत स्वार्थ भन्दा माथी उठ्नुपर्ने आवश्यकता औँल्याए ।

बटो निर्माण भएपछि त्रिवेणि गाविस भित्रका ५ सय २२ घरधुरि लाभान्वित भएको बाटो निर्माण उपभोक्ता समितीका अध्यक्ष प्रेम विकलले जनाएका छन् ।

गाउँमा कोहि विरामी परेमा अस्पताल सम्म लैजानका लागी एम्बुलेन्स गुड्ने बाटो नहुँदा सास्ती खेपेका त्रिवेणि बासिलाइ अब भने निकै सजिलो हुने स्थानीय युवा शुरेश बोहोराले जनाए । उनले भने– ‘गाउँमै गाडी गुडेको देख्ने हाम्रो चाहना पुरा भएको छ, यसका लागी माननिय सांसद् ज्यु, जिविस सल्यानलाइ हामी गाउँलेको तर्फबाट धेरै धेरै धन्यवाद छ ।’

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी पूर्व जिविस सभापति उदय बोहोरा, एमाले सल्यानका अध्यक्ष हरि केसी, उपाध्यक्ष गोविन्द पुन, एमाले प्रदेश नम्बर ६ का सदस्य लोक बहादुर डागी, जिल्ला सदस्यहरु रमेश कुमार गौतम, इश्वरि बुढाथोकी, बुद्धि केसी, एमाले त्रिवेणिकी अध्यक्ष पवित्रा केसी, शिक्षकहरु डिल्ली केसी, खिम बहादुर रावत लगाएतकाले मन्तव्य राखेका थिए ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!