मुगुमा पहिलो पटक स्थानिय कृषि उत्पादन तथा खाध्य परिकार मेला हुने

Posted on: 02 Feb, 2017

नन्द बहादुर रोकाया/माघ २०, मुगु । मुगुमा पहिलो पटक कर्णालीको स्थानिय कृषि उत्पादन तथा खाध्य परिकार मेला हुने भएको छ ।

“प्रथम एैतिहासिक  कृषि प्रर्दशन मेलाम सहभागी होउ आधुनिक कृषि खेति सम्बन्धि ज्ञान सिप र प्रविधि सिकेर आउ” भन्ने मुल नाराका साथ आगामी फाल्गनु महिनाको ६ गतेबाट बाट स्थानिय कृषि उत्पादन तथा खाध्य परिकार मेला हुने भएको हो । 

नारि उत्थान तथा सचेतना केन्द्र मुगुको आयोजना तथा जिल्ला स्थित बिभिन्न गैह सरकारी सस्थाको सहयोगमा मेला हुने जनाईएको छ । मेला ६,७ र ८ गते तिन दिन सम्म सञ्चालन गरिने नारि उत्थान तथा सचेतना केन्द मुगुकी अध्यक्ष चेताना शाहीले बताउनुभयो । 

उहाँका अनुसार स्थानिय बालीहरुको परिकारको प्रवद्र्धनका लागी स्थानिय बाली प्रदर्शनी मेला हुने अध्यक्ष शाहीको भनाई छ । मेलामा मुगु जिल्लाका कृषक हरुलाई आपनो खेतबारीमा उब्जाएका खाध्य बस्तु धान,कोदो,जौ,उवा,गहुँ,फापर मास्या ,सिमी भटमास लगायतका तरकारी बाली ल्याई प्रर्दशन गर्न सकिने आयोजक सा्रेतले जनाएको छ । प्रर्दशनमा ल्याउनु पुर्व स्टल दर्ता गनुपर्ने भएकाले फागुन ३ गते सम्म नारि उत्थान तथा सचेतना केन्दमा सम्पक गरी स्टल दर्ता गराउन आग्रह समेत गरीएको छ । 

सहभागी कृषक हरुलाई मेलामा सहभागी भएका कृषि प्राविधिकले कृषि उत्पादनका बारेमा जानकारी गराउने भएको हुदा जिल्ला सम्मुण कृषक हरुलाई सहभागी भईदिन आग्रह गरिएको छ  । यसै बिच स्थानिय कृषि उत्पादन तथा खाध्य परिकार मेलाको अबसरमा बिभिन्न किसिमाका महिला देउडा झाँकी प्रर्दशन समेत गरीने भएको हुदाँ  ईच्छुक खेलाडीले टिम दर्ता गराउनपनी आग्रह गरीएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!