काभ्रेमा भूकम्पपीडितका लागि खानेपानी आयोजना सम्झौता

Posted on: 05 Feb, 2017

माघ २३, धुलिखेल | काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविसका तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने भएको छ । 

त्यहाँका छ वटा वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब रु एक करोड ९२ लाखको योजनामा शनिबार सम्झौता भएको छ । 

सम्झौतामा दाताबाट करिब रु एक करोड ४० लाख, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेबाट रु १२ लाख ३७ हजार र उपभोक्ता समितिबाट स्थानीय जनश्रमदान करिब रु ४० लाख ८१ हजार व्यहोर्ने जनाइएको छ । 

आयोजना नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाको समन्वयमा डेनिस रेडक्रस कन्सल्टिएमको आर्थिक सहयोगमा निर्माण हुने भएको हो । “हामीले त्रिपक्षीय रुपमा आयोजना सम्झौता गरी कामलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरिसकेका छौँ”, नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका सभापति रघुवीर चौप्रधानले भन्नुभयो – “अब यही आवको मसान्तभित्रमा तपाईंहरुले खानेपानी उपभोग गर्न पाउनुहुनेछ ।” रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!