कहाँ गयो ८६ करोड बजेट खोजी गर्दै बझाङबासी

Posted on: 05 Feb, 2017

सम्राट सिंह | माघ २३, बझाङ | २ सय किलोवाट क्षमता भएको सुर्मादेवी विद्युत प्रालि मर्मतको नाममा विदेशी दाता जाइकाको ८६ करोड बजेट लगानीको बझाङबासी खोजी गर्न थालेका छन । 

विद्युत मर्मतका नाममा ८६ करोड रकम खर्चेपनि जनताको घरमा ३ दिनपछि बत्ती आउन थालेपछि सदरमुकामबासीले चरणबद्घ आन्दोलनका कार्यक्रम घोषणा गरी बजेटको खोजी गर्न थालेका हुन । मर्मत कार्यको डिजाइनमा नै त्रुटी रहेकोले बांधबाट इन्टेकमा पानी पठाउने ठांउमा राखिएको फोहोर छान्नेमा फोहोर अड्किएर पानी प्रवाहमा नै समस्या हुने भएकोले विद्युत नियमित हुन नसकेको स्रोतको भनाइ छ ।

कमिसनतन्त्र ले नै विद्युत धरासायी बनेको भन्दै सम्पूर्णको छानविन गर्न तथा विद्युत नियमित गर्न दवाव दिन ओमजंग बहादुर सिंहको संयोजकत्वमा एक संघर्ष समिति गठन भएको छ । 

गत सन २०१६ सेप्टेम्बर महिनामा काम सम्पन्न गरेर फिर्ता भएकोे जापानी निमार्ण कम्पनी मारुसिन सिताकाले मर्मत गरेको ५ महिना नबित्दै विद्युत सेवा अवरुद्ध थालेपछि सदरमुकामबासी आन्दोलित भएका हुन । तोकीएको सबैकाम सम्पन्न नगरी विचैमा काम छोडेका कारण विद्युत सेवा नियमित गर्न नसकिएको सुर्मादेवि विद्युत प्रालिका संचालकको भनाइ छ ।

यत्रो ठूलो बजेट कहाँ खर्च भयो भन्दै संघर्ष समितिले छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजूरी गर्ने संघर्ष समितिका संयोजक ओमजंग बहादुर सिंहले बताए । उनले भने दोषिलाई पत्ता लगाई तत्काल र्काबाहि प्रक्रिया अघि बढाउन पहल गर्नेछु । विद्युत नियमित नआउने गरेको भन्दै पटक पटक  बजारबासीहरुको आन्दोलन जिल्ला प्रशासन आउने गरेको प्रमुख जिल्ला अधिकारी जिल्ला अधिकारी सुनिलले बताए  । विद्युत नियमित गर्न सम्बन्धित नियकायलाई पत्राचार गर्ने उनको भनाइ रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!