तेर्हथुमको चुहान डाँडामा अत्याधुनिक सेवा सहित कृषि विकास बैंकको शाखा

Posted on: 05 Feb, 2017


अमृत बास्तोला | माघ २३, तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई क्षेत्रलाई लक्षित गर्दै कृषि विकास बैंकले आइतबार चुहानडाँडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकलाई आधुनिक प्रणालीमा जोड्र्दै ग्रामिण क्षेत्रमा अत्याधुनिक सेवा सहितको २५० औं शाखा चुहानडाँडामा संचालनमा आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले शाखाको औपचारीकरुपमा उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकको ५० औं वर्षको इतिहासमा हिमाल देखि तराई सम्म संजाल भै कारोवार संचालन गरिरहेको बैंकले अब आधुनिक प्रविधि सहित नेपाली जनतालाई बैंकिङ सेवा प्रदान गर्ने उल्लेख गर्नु भएको छ । 

बैकको कुल लगानीको ३१ प्रतिशत कृषिमा लगानी गरेर कृषि क्षेत्रलाई नै लगानीको मुख्य प्राथमिकतामा राखेर आफ्नो कार्य अधि बढाई रहेको बैंकले वित्तीय कारोवारका साथै आर्थिक सामाजिक, सामुदायीक कार्यमा सरिक हुदै देशको आर्थिक विकासमा टेवा पुर्याउने प्रमुख कार्यकारी अधिकृत सिटौलाले व्याक्त गर्नु भयो ।

कार्यक्रममा बैंकका उपमहा प्रवन्धक भेषरमण आचार्यले आर्थिक विकासको स्रोत जुटाउने बैकलाई हुर्काउन सबैको साथ आवश्यक पर्ने भएकाले यसलाई पँुजि निर्माण गर्र्ने थालोकोरुपामा विकास गर्नु पर्ने बातउनु भयो । 

कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक पारशमणि ढकालको अध्यक्षतामा समुद्घाटन कार्यक्रममा तेह्रथुम बहुमुखी क्याम्पसका प्रमुख हिक्मतबहादुर राय, चुहानडाँडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतबहादुर थपलिया, शारदा माविका प्रचार्य भिम आचार्य, महिला संजालकी अम्बिका चुडाल थपलिया लगायतले शुभकामना मन्तव्य राख्र्दै बैकले कृषि क्षेत्र सहितको अन्य क्षेत्रमा पनि कारोवार गर्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रमा विभिन्न शाखाका प्रवन्धक, अधिकृतहरुको, स्थनीय जनता, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!