“जीवन बुढ्थापाले गरे” १५ लाख ९० हजार बराबरको विद्यालयलाइ जग्गा दान

Posted on: 20 Feb, 2017

नन्दराम जैशी | फागुन ९, जुम्ला | जुम्ला चन्दननाथ नगरपालिका ३ खोलिकोट निवासी जीवन बुढ्थापाले कर्णाली उच्च मावि अनामनगरको हाता भित्र रहेको आफ्नो जग्गा निशुल्क विद्यालयलाइ दान गर्नु भएको छ । विद्यालयको हाताभित्र रहेको ६ सय ३६ वर्गामिटर जग्गा उहाले निशुल्क दान गर्नु हो । हालकोमुल्य अनुसार १५ लाख ९० हजार बराबरको जग्गा र २० हजार नगद रुपैया जीवन बुढ्थापाले विद्यालयलाई दान गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ ।

चन्दननाथ नगरपालिका ३ खोलिकोट निवासी बुवा धनमानसिंह बुढ्थापाको नाममा रहेको जग्गा छोरा जीवन बुढ्थापाले विद्यालय प्रति उच्च सुवेक्षाका कारण निशुल्क दान गरेको बताईएको छ । शैक्षिक उन्नयनको क्षेत्र विद्यालयप्रति उच्च आदारका साथ नशुल्क जग्गा दान गरेकोमा जग्गााधनी जीवन बुढ्थापालाइ विद्यालय परिवारले आभार प्रकट गरेको छ ।

आगामी दिनमा शैक्षिक क्षेत्रको उन्नयनको लागि सर्मिपित बुढ्थापालाइ विद्यालयले पनि उच्च सम्मान गर्ने कर्णाली उच्च मावि अनामनगरका प्रधानाध्यापक मीन राज शर्माले बताउनु भयो । विद्यालयमा अतुलनिय सहयोग गरेकोमा सार्वजिनक संचार माध्यबाट उहाँलाई विद्यालय परिवारको तर्फ बाट धन्यावाद प्रकट पनि गरिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!