विमानस्थलसम्म सडक संजाल जोड्न विभिन्न निकायमा पहल बढ्दो

Posted on: 20 Feb, 2017

दलसिंह गिरी/फागुन ९, कालिकोट । विगत ३१ बर्षदेखि निर्माणधिन अवस्थामा रहेको कालिकोटको एक मात्र सुनथराली विमान स्थलको परिक्षणउडान यहि गएको माघ २९ गते सफल भए संगै अब विमान स्थल सम्म सडक संजाल जोड्न कालिकोटका अगुवा नेताहरु विभिन्न निकाय तथा दातासंग भेटघाट अभियान ब्यापक बढाउन थालेको छ । 

विमान सफल परिक्षण उडानको एक दिन नवित्दै हुम्ला–कर्नाली राजमार्ग अन्तर्गत लालिघाट देखि सुनथराली विमान स्थल सम्म सडक विस्तार अभियान तत्काल सुरु गरिदिन अहिलेबा बर्तमान यातायात मन्त्रि रमेश लेखक संग कालिकोटका युवा नेता भुपेन्द्रजंग शाही नेतृत्वको टोलीले ज्ञापनपत्र सहित भेटघाट गरेको एक हप्ता नवित्दै आज फेरी कालिकोटको ग्रामिण सडक विस्तारमा काम गर्दै आईरहेको र्याप प्राजेक्ट संग कालिकोटका माननिय शांसद महेन्द्र बहादुर शाही नेतृत्वको टोलीले भेट गरेको छ । 

र्याप ३ को पहलमा रास्कोट क्षेत्रका सिपखाना स्यूना फुकोट गाविस सडक संजालमा जोडिय संगै अब मुम्रा मेहलमुडी रकु हुदै कोटवाडाको सुनथराली विमान स्थल सम्म सडक विस्तारका लागि कार्यक्रम अगाडी बढाई दिन र्याप प्रोजेक्ट संग आग्रह सहितको लिखित ज्ञापनपत्र बुझाएको रास्कोट नगर क्षेत्रका संयोजक धर्मराज शाही पोषणले जानकारी दिनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!