फेरी नाकाबन्दीको त्रास, राजधानीमा इन्धन लिनेको लाइन ह्वात्तै बढ्यो

Posted on: 21 Feb, 2017


फागुन १०, काठमाडौं | उपत्यकामा इन्धन लिनेको लाइन ह्वात्तै बढेको छ । अधिकांश पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन छ । 

पेट्रोल अभावका कारण पम्पमा उपभोक्ताको लाइन बढेको बताइए पनि आयल निगमले प्रयाप्त इन्धन भएको बताएको छ । धेरैजसो पेट्रोल पम्पहरुमा सोमबारदेखिनै लामो लाइन लगाएरै भए पनि पेट्रोल वितरण गरिरहेका छन् । कतिपय पेट्रोल पम्पमा भने ‘पेट्रोल छैन’ भन्ने सूचना समेत टाँसिएको छ । पेट्रोलियम पदार्थ ढुवानी मजदूरहरुले आन्दोलन गरेकै कारण इन्धन अभाव भएकोले इन्धन लिनेको लाइन बसेको बताइए पनि निर्वाचन घोषणापछी मधेसमा नाकाबन्दीको हल्ला र त्रासको कारण लाइन बढेको हो । कतिपय सर्वसाधारणले तत्काल इधन अभाव नभएपनि आफ्ना सवारी साधनहरुले समेत इन्धन जोगाउनको लागि भएको तेल पनि सुरक्षित राखेर पेट्रोलको लाइनमा बस्न आएका छन् । 

सेवा सुविधा लगायतका मागसहित पेट्रोलियम पदार्थ ढुवानी मजदूरहरुले शुक्रबारदेखि ढुवानी अवरुद्ध गरेपछी त्यसको तत्काल असर राजधानीमा परेको हो । यता नाकाबन्दीको हल्लाको भरमै पनि उपभोक्ताहरु लाइनमा बस्न पुगेका छन् जसको कारण अधिकांश पेट्रोलपम्पहरुमा सर्वसाधारणको लाइन लागेको छ । 


पेट्रोलियम पदार्थ ढुवानी नियमावली २०७३ को संशोधनले बढी तेल चोरिएको पाइए बजार मूल्यभन्दा दोब्बर मूल्य तिराउने व्यवस्था गरेपछि त्यस्तो व्यवस्था खारेजीका लागि व्यवसायीहरु आन्दोलित भएका छन् । यसरी सोझै लुट्न पाउनुपर्छ भन्ने आन्दोलनको कार्यक्रमलाई सरकारले टुलुटुलु हेरेको जानकारहरुको आरोप छ । सरकारले हालसम्म १२ हजार लिटरको ट्यांकरमा ०.०९ र २० हजार लिटरको ट्यांकरमा ०.१२ प्रतिशतसम्म तेल चोरी भए छूट दिँदै आएको थियो । र, मापदण्डभन्दा बढी चोरी भए बजार मूल्य बराबरकै रकम तिराउने गरेको थियो । तर, संशोधित नियमावलीमा उक्त मापदण्डभन्दा बढी तेल चोरी भएको पाइए बजार मूल्यभन्दा दोब्बर पैसा तिराउने नियम बनाएपछि त्यो खारेज हुनुपर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका हुन्। 

अधिकारीहरुका नुसार अभाव हुने अनुमानकै आधारमा उपभोक्ताहरु लाइनमा बसेको बताइएको छ । सामाखुसीमा रहेको महालक्ष्मी प्रहरी पेट्रोल पम्पमा तेल भर्न आएका अधिकांस सर्वसाधारणले आफ्नो सवारी साधनले फूल ट्याङ्की पेट्रोल हालेका छन् । अरु बेलामा औशत ५ लिटर तेल हाल्ने गरिएकोमा आज प्रायले फुल ट्यांकी हालेको महालक्ष्मी प्रहरी पेट्रोल पम्पका एक अधिकारीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!