विषयगत समितिका बैठक अन्तर्गत आज दोश्रो दिन सामाजिक समितिको बैठक सुरु

Posted on: 21 Feb, 2017

दलसिंह गिरी | फागुन १०, कालिकोट | २० औं जिल्ला परिषद संचालनका लागि पूर्व तयारी अनुरुप विषयगत समितिको बैठक तालिका अनुसार आज दोश्रोदिन सामाजिक बिकास समितिको बैठक सुरु भएको छ । सामाजिक विकास समितिका संयोजक पदम बहादुर शाहीको सयोजकत्व सामुदाय संग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकाय, राजनैतिक दल नागरिक समाजको सहभागितामा बैठक सुरु भएको हो ।

दुई दिन सम्म संचालन हुने बैठकमा आज पहिलो दिन सामाजिक विकास समितिभित्र पर्ने १४ वटा सरकारी तथा गैर सरकारी निकायहरुले आआफ्नो बार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । बैठकमा विशेषगरी समुदाय स्तरमा गरिने कार्यक्रम तथा नीतिगत योजनाहरुको बार्षिक कार्यक्रम प्रस्तुत गरिएको छ । आज आफ्नो कार्ययोजना प्रस्तुत गर्न नपाएका निकायहरुले भोली प्रस्तुत गरी उठेका सवालहरुमाथी भोली छलफल गरी सामाजिक विकास समितिको तर्फबाट जिल्ला परिषदमा पास गर्ने नीतिगत निर्णयहरु तय गर्ने गरी बैठक आज स्थगित भएको आयोजक समितिका संयोजक पदमबहादुर शाहीले बताउनु भएको छ । बैठकको सहजीकरण सामाजिक विकास समितिका सदस्य सचिव एवं जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद तिवारीले गर्नु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!