मोबाइल वित्तीय सेवाका लागि 'सक्षम कार्यक्रम' र 'आईएमई डिजिटल सोलुसन'बीच साझेदारी

Posted on: 22 Feb, 2017


फागुन ११, काठमाडौँ । आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमका बीचमा साझेदारी सम्पन्न भएको छ । 

यसले नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्नका लागि आधारशीला तयार गर्नेछ । साझेदारी हस्ताक्षर समारोहको  प्रमुख आतिथ्यता नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गर्नुभएको थियो । 

नेपाल दूरसंचार प्राधिकरणका निर्देशक श्री आनन्द राज खनाल, डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख श्री गारेथ विअर, नेपाल बैंकर्स एशोसियनका अध्यक्ष श्री अनिल केशरी शाह र सक्षमका समूह प्रमुख श्री बलजित बोहोरा लगायत अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो ।

यस साझेदारीले हाल नेपालभरि आईएमईको विप्रेषण सेवा लिइरहेका ६००,००० भन्दा बढी घरपरिवारका उपभोक्ताहरू तथा रेमिटेन्स सञ्जाल बाहिरका उपभोक्ता तथा गैर–रेमिटेन्स क्षेत्रलाई समेत मोबाइलमा आधारित वालेटको सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अभियानमार्फत आईएमईले वित्तीय सेवाबाट वञ्चित नगरोन्मुख/ग्रामीण क्षेत्र, न्यून बैंकिङ सेवा पाएका र बैंकिङ सेवाबाट वञ्चित समुदायसम्म पुग्नका लागि मोबाइल नेटवर्क सञ्चालकहरू, आफ्नै रेमिटेन्स एजेन्टहरू, वाणिज्य बैंकहरू, शाखारहित बैंकिङ सेवाका ९द्यीद्य० एजेन्ट र मर्चेन्टहरूसित साझेदारी गर्नेछ ।

उक्त कर्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले भन्नुभयो, “यसप्रकारको नवीन विधुतीय भुक्तानी प्रणालीको सुरुवातले वार्षिक झण्डै  ५० अर्बसम्म सरकारी राजश्व बढाउने उल्लेख गर्दै आर्थिक पारदर्शिता वृद्वि गर्न सहयोगी बन्ने दावी गर्नुभयो । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न यस्तो भुक्तानी प्रणाली निक्कै प्रभावकारी हुने भन्दै गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले यस्तो नवीनतम कार्यमा पूर्ण सहयोग गर्ने वचनवद्वता व्यक्त गर्दै नेपाल दूरसंचार प्राधिकरणले पनि त्यस्तै सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो’  ।  

आईएमईको रेमिटेन्स सेवाको सफलतासँग तुलना गर्दै आईएमई समूहका कार्यकारी अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले भन्नुभयो, “देशविदेशमा बस्ने नेपालीहरूका बीचमा रकम ट्रान्सफर गर्ने सेवालाई आईएमईले आफ्ना एजेन्ट र साझेदारहरूमार्फत जसरी बैधानिक रूपमा मार्गप्रशस्त गर्न सफल भएको थियो त्यसरी नै युकेएड सक्षमको सहकार्यले हाम्रो यो नयाँ डिजिटल वित्तीय सेवामार्फत बैंक तथा वित्तीय सेवा उपलब्ध भएका क्षेत्रमा मात्र नभई सो भन्दा बाहिर रहेका जनतालाई समेत सूत्रबद्ध गरी यो सेवा सबैका हातहातमा पु¥याउने लक्ष्य हाँसिल गर्न सहयोग पु¥याउने छ । 


ग्रामीण वित्तीय क्षेत्रमा डिजिटल वित्तीय सेवाको प्रभाव माथि प्रकाश पार्दै आईएमई लिमिटेडका प्रबन्ध निर्देशक श्री हेमराज ढकालले भन्नुभयो, “नेपालका ग्रामीण क्षेत्रहरूमा हालसम्म बैंक तथा वित्तीय क्षेत्रको सेवा पर्याप्त मात्रामा पुग्न नसकिरहेको अवस्थामा पनि अधिकांश नेपालीका हातहातमा मोबाइल फोन पुगिसकेको देखिएको छ । त्यसैले मोबाइल फोन मार्फत प्रदान गरिने यो डिजिटल वित्तीय सेवा आज संसारका अन्य विकसित मुलुकहरूमा जसरी प्रभावकारी र लोकप्रिय भएको छ, त्यसैगरी नेपालको पनि खास गरी ग्रामीण क्षेत्रका बैंक र वित्तीय क्षेत्रको पहुँच पुग्न नसकेका जनताका बीचमा प्रभावकारी र लोकप्रिय हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।”

सक्षम र आईएमई डिजिटल सोलुसनबीच भएको साझेदारीमाथि प्रकाश पार्दै सक्षमका समूह प्रमुख श्री बलजित बोहराले भन्नुभयो, “हामी देशव्यापी रूपमा एउटा सम्पूर्ण मोबाइल वित्तीय सेवा सुरुवात गर्नका लागि नीति–निर्माताहरू, नियामक निकायहरू, बहुराष्ट्रिय संस्थाहरूका साथै बजारमा सक्रिय निकायहरूसित अहोरात्र खटिरहेका छौँ । यसभित्र एकैसाथ रकम ट्रान्सफर, बिल भुक्तानी, खाता खोल्ने, रकम जम्मा गर्ने तथ अन्य बैङ्किङ र बिमा सम्बन्धी सेवाहरू उपलब्ध हुनेछन् र अन्ततः देशभरिका ८००,००० भन्दा बढी पर्याप्त वित्तीय सेवा पाउन नसकेका उपभोक्ता सम्म हाम्रो पहुँच पुग्नेछ । आईएमईसितको हाम्रो यो साझेदारी यस क्षेत्रमा अझै बढी उत्साहजनक परियोजनाहरूको सुरुवात हो ।”

डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख श्री गारेथ विअरले मन्तव्यका क्रममा भन्नुभयो, “हामीले हाम्रा कार्यक्रम कार्यान्वयन गर्ने साझेदार युकेएड सक्षम (संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमलाई मोबाइलमा आधारित वित्तीय सेवाका क्षेत्रमा नयाँ नमूना प्रस्तुत गर्न यस क्षेत्रका प्रतिबद्ध साझेदारहरूसँग नयाँ साझेदारी गरी छिटो केही उपलब्धी हासिल गर्नका लागि चुनौती नै दिएका छौँ । हामीले आज साक्षातकार गरेको यो साझेदारीको सुरुवात सही दिशातिर बढेको सङ्केत हो । विप्रेषण कम्पनीको महत्वलाई आँकलन गरेर नेपालमा मोबाइलमा आधारित वित्तीय सेवा शुभारम्भ गर्नका लागि विप्रेषण कम्पनीहरू (तथा तिनका एजेन्टहरूको व्यापक सञ्जाल)को उपयोग गर्नु आफैंमा रचनात्मक तरिका हो ।”

आईएमई डिजिटल सोलुसन लिमिटेड आईएमई ग्रुपको सहायक कम्पनी हो । यस कम्पनीले मोबाइलमा आधारित वित्तीय सेवा अर्थात् मोबाइल वालेट सेवा आरम्भ गरी पर्याप्त बैङ्किङ सेवा/बैङ्किङ सेवा पाउन नसकेका नेपालका जनतासम्म वित्तीय पहुँच पु¥याउनुका साथै नेपालको वित्तीय समावेशीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य समेत लिएको छ । 

‘सक्षम’ वित्तीय क्षेत्रमा पहुँच सम्बन्धी संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित कार्यक्रम हो । डिएफआईडी नेपालका लागि लुईस बर्जरद्वारा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसितको सहकार्यमा यसको कार्यान्वयन भइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!