छैटौं पश्मिाञ्चल क्षेत्रीय पुष्प प्रदर्शनी एवं व्यापार सुरु

Posted on: 23 Feb, 2017

फागुन १२, पोखरा |  पोखरामा छैटौं पश्मिाञ्चल क्षेत्रीय पुष्प प्रदर्शनी एवं व्यापार सुरु भएको छ । फ्लोरीकल्चर एसोसियसन नेपाल जिल्ला समिति कास्कीको आयोजनमा सुरु मेला फागुन १६ गतेसम्म सञ्चालन हुने छ । पुष्प प्रदर्शनीमा पुष्प व्यवसायी र अन्य गरि २९ वटा स्टल राखिएका छन् ।

स्टलमा परम्परागत फूलका अलवा कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई बिरुवा प्रदर्शनी एवं विक्रीका लागि राखिएको मेला संयोजक पंकज पौडेलले जानकारी दिए । नेपालमा आर्थिक वर्ष २०७१÷७२ मा १० करोड बराबरको फूल आयात उनले जानकारी दिए । त्यस्तै १ अर्ब ३४ करोडको कारोबार भएको थियो । त्यस यता प्रत्येक वर्ष १० देखि १५ प्रतिशत माग बढ्दै गएको छ । माग अनुसार आपूर्ती गर्न भने समिएको छैन ।

कास्कीमा ७.२ हेक्टरमा पुष्प खेती गरिँदै आएको उनले बताए । उनले पोखरामा एक वर्षमा करिब ६ करोडको फुलको व्यापर हुने गरेको बताए ।  खेतीका लागि अनुकुल ठाउँ नहुदा, गुणस्तरीय प्रविधिको अभाव र सरकारी निती संरक्षण गर्ने खालको नहुँदा आयातित फूलसंग प्रतिस्पर्धा गर्न कठिन भएको संस्थापक अध्यक्ष बसन्त बानियाँले बताए । त्यस्तै यस क्षेत्रमा असिना र हावाहुरीका कारण फागुन देखि जेठसम्म यो व्यवसायका लागि प्रतिकुल रहेको उनको भनाई छ ।

मेला आयोजना गर्न ७ लाख ५५ हजार रुपैयाँ खर्च लाग्ने र फूलको महिमा र महत्व बुझ्न र मेलालाई महोत्सवमय बनाउन फूलका पारखीहरुको अध्याधिक सहभागिता मेलामा हुने फ्लोरीकल्चर एसोसियसन कास्कीका अध्ययक्ष दयाकुमार द्धाले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!