सनराइज बैंक लिमिटेडको शाखा झापाको दमकमा

Posted on: 28 Feb, 2017


फागुन १७, काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको दमक नगरपालिमा नयाँ शाखा स्थापना गरेको छ । 

 शाखा कार्यालयको मंगलबार एक कार्यक्रमका बीच, दमक उद्योग बाणिज्य संघका अध्यक्ष श्री राजेन्द्र ढकाल र  बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादवज्यूले संयुक्त रूपमा  उद्घाटन गरेका छन् । 

यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पु¥याउन सक्षम हुनेमा विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर (Safe Deposit Locker) सेवा समेत उपलब्ध हुने बैंकले जनाएको छ ।

हाल सन्राइज बैंक लिमिटेडले नेपाल अधिराज्य भर ६८ वटा शाखा र ७३ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!