सनराइज बैंकद्वारा बिर्तामोडको नँया बसपार्कमा एटिएम संचालन

Posted on: 01 Mar, 2017

फागुन १८, विर्तामोड । सनराइज बैंक लिमिटेडले विर्तामाडको नँया बसपार्कमा एटिएम संचालनमा ल्याएको छ । 
 मंगलबार एटिएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका छन् । हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ६८ वटा शाखा, ७४ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!