दक्षिण कोरियाबाट अग्निपीडितलाई राहत

Posted on: 15 Mar, 2017

चैत २, भोजपुर । भोजपुर परिवार, दक्षिण कोरियाबाट प्राप्त भएको राहत रकम प्राकृतिक प्रकोपपीडित तथा अग्निपीडितलाई वितरण गरिएको छ । 

कोरियाबाट प्राप्त रु पाँच लाख ८८ हजार राहत रकम मङ्गलबार एक कार्यक्रमबीच पीडितलाई क्षतिको आधारमा वितरण गरिएको हो । भोजपुर जिल्ला घर भई कोरियामा कार्यरत नेपालीबाट सङ्कलित एकमुष्ट रकम भोजपुर परिवार, दक्षिण कोरियाका प्रतिनिधि सुनिल बान्तावा र लोकेश आलेले प्रजिअ एवम् जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक गोमादेवी चेम्जोङलाई हस्तान्तरण गर्नुभएको थियो । 

यसैबीच, उद्योग वाणिज्य सङ्घ भोजपुरले समेत सङ्कलन गरेको रु एक लाख १३ हजार सातसय ९६ मङ्गलबार नै हस्तान्तरण गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!