जुम्ला बजारमा सडक बत्ती जडान गरिने

Posted on: 16 Mar, 2017

नन्दराम जैशी | चैत ३, जुम्ला | जिल्ला सदरमूकाम जुम्लामा पनि सडक बत्ती जडान गरिने भएको छ । चन्दननाथ नगरपालिका जुम्लाका अनुसार बजार क्षेत्रमा रातिको समयमा आवतजावत गर्न सहज बनाउने उदेश्य अनुसार सडक बत्ती जडान गरिने भएको हो ।

पहिलो चरणमा सरोकारवाला निकायहरुको सहभागितामा छलफल गरेर उपभोक्ता समिति गठन पछि सडकमा सोलार बत्ती जडान गरिने भएको उद्योग वाणिज्य संघ जुम्लाले जनाएको छ । लामो समयको प्रयास पछि बजार क्षेत्रमा बत्ती जडानको लागी रकम बिनियोजन भएको उद्योग वाणिज्य संघ जुम्लाले जनाएको छ ।

१० लाख रुपैयाँको लागतमा सोलार बत्ती जडान गरिने भएको उद्योग वाणिज्य संघ जुम्लाका प्रमुख पारस उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार मार्फत ७ लाख  रुपैयाँ र उपभोक्ताको ३ लाख ७७ हजार रुपैयाँको लागतमा बत्ती जडान गरिने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!