हिमपातले बन्द गमगढी-नाग्मा सडकखण्ड अझै खुलेन

Posted on: 18 Mar, 2017

दान बहादुर बुढा/चैत ५, मुगु । एक साता पहिले परेको भारी हिमपाले बन्द भएको गमगढी नाग्म सडक खण्ड अबरूद्ध भएको छ । सडक अबरूद्ध हुदा दर्जनौ सवारी साधनहरु बीच बाटोमामै अलपत्र परेका छन ।

नेपालगंज ,सुर्खेतबाट मालबाहक, ब्यापारी सामान, बिकास निमाण सामान ल्याएका एल्पी ट्रक, मिनि ट्रक, सोराज गाडी, बस, जिप, लगाएतका सवारी साधनहरु जुम्ला र मुगुको सिमाना घुच्ची लेक, जुम्लाको भुलभुले, जुअ, बोतामालीका गाठीजूला ,सिंन्जा  र मुगुको घुच्चीलेखको सातमोडमा अलपत्र परेका छन ।भने गमगढी बजारमा दैनिक उपभोग्य सामान खाना पकाउने शिलीन्डर ग्यास र बिकास निर्माणमा प्रयोग हुने हाडवयर सामान समेत गमगढी बजारमा सकिसकेको मुगु उद्योग बाणिज्य संघ मुगुका महाँसचिव नृपेन्द्र बहादुर मल्लले बताएका छन ।

मल्लका अनुसार सडक डिभिजन कार्यालय जुम्ला लाई अबरुद्घ सडक सन्चालनको लागी पहल गरी दिनको लागी आग्र गरे पनि सडक डिभिजन कार्यालय र सरेकार वाला निकाय चुपचाप लागेको समेत बताएका छन ।

सिमित सवारी साधन नभई जिल्ला अस्पतालको ठिनिको बिरामि ओसार पसार गर्ने एम्बुलेन्स पनि घुच्ची लेकमा थुनिएको हुदा जिल्ला सदरमुकाम आसपास क्षेत्रमा परेका बिरमिहरुलाई जिल्ला अस्पताल सम्म बोक्नको लागी डोको र स्टेचर प्रयोग गर्नु परेको छ । हिमपातले बिच बाटोमा गाडी रोकीदा गाडी चालक र सहचालक यात्रुहरु खाना र बस्नको लागी सम्स्या कठीनाई हुदा गाडी छोडेर सदरमुकाम गमगढी र जुम्लामा प्रर्ने भुलभुले जाने गरेको रारा छार्यानाथ यातायात प्रालिका सदस्य रामभक्त रोकायाले बताएका छन ।

हिमपातले अबरुद्घ भएको  सडक खण्ड ९४ किलो मिटर रहेको गमगढी नाग्म सडक खण्ड अवरुद्घ हुदा मुगु जिल्ला बासीलाई मर्काभएको छ । बिस २०६९ साल पुस १ गते तत्कालीन प्रधान मन्त्रि बाबुराम भटराईले उदेघाटन गरी सन्चालनमा आएको नाग्म गमगढी सडक साघुरो मोड कम भएको, ग्यारेवल र कालेपत्रे समेत हुन नसकेको यो सडक खण्डमा प्रतेका बर्षमा दर्जनौ गाडी दुर्घटना हुने र दर्जनौ जना सवारी रहेका यात्रुहरुको ज्यान जाने गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!