हिमपात सहकारीमा पुनः सुवेदिको नेतृत्व

Posted on: 18 Mar, 2017


माधव बेल्वासे/चैत ५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १० मा रहेको हिमपत कृषि सहकारि सस्थामा पुनः शिवराज सुवेदिको नेतृत्वमा समिति चयन  भएको छ । 

जसको उपाध्यक्षमा अनिता शर्मा ,सचिव शिसिर लामिछाने, सह सचिव वसन्ता वेल्वासे, कोषध्यक्ष जविन केसि सहित ११ कार्यसमिति चयन गरिएको छ । चन्द्रौटामा सनिवार भएको सस्थाको प्रारम्भिक साधारण सभा तथा रक्तदान कार्यक्रमले सो समिति चयन गरेको हो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले सस्था स्थापना भएको ३ महिनाको अवधिमा २ सय भन्दा वढि शेयर सदस्य वनाई उदाहरणिय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । सहकारिले छरिएर रहेको रकम र सिपलाई एक ठाउमा ल्याई कार्य सन्चालन गर्ने भएकाले शहर भन्दा गाउ गाउमा समुह वनाई  काम गर्नुपर्ने डिभिजन सहकारि कार्यलय कपिलवस्तुका प्रमुख ऋषिराम पौडेलले वताए । पछिल्लो समयमा सरकारलाई कर दिर्नुपर्ने भएकाले  सहकारिले आफ्नो वास्ताविक नाफा नदेखाउने गरेको  र यस्ता सहकारिहरुको भविष्य नरहेको समेत उनले वताए । 

नेपाल रेडक्रस सोसाईटि रुपन्देहि का प्रेमलाल उदासले रक्तदान जिवनदान रहेको र थोरै रगतले कसैले नया जिवन पाउने भएकोले स्वस्थ्य व्याक्तिले रक्तदान गर्नुपर्ने वताए । कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेल,समाजसेवि कृष्णकुमार चौधरि,अजय थापा,प्रेमलाल उदास,अर्जुन सापकोटा लगाएतले मन्तव्य दिएका थिए । ५३ जनाले सोहि कार्यक्रममा रक्तदान गरेका थिए । 

शिवराज सुवेदिको अध्यक्षतामा, डिभिजन सहकारि कार्यलय कपिलवस्तुका प्रमुख ऋषिराम पौडेल प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सन्चालन संचारकर्मी चिन्ता परियारले गर्नुभएको थियो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!