एक हप्ते महिला तालिम सम्पन्न

Posted on: 27 Mar, 2017

पर्वत । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना तथा जिल्ला पशुसेवा कार्यालयको सहजिकरणमा संचालन भएको सिप तथा व्यवसायिक जिल्लास्तर  तालिम सम्पनन भएको छ 

 महिलाहरुलाई आयआर्जन क्रियाकलापमा सहभागि गराई उनीहरको आर्थिक तथा सामाजिक सक्षमता बढाउने उद्धेयले संचालित तालिम लेखफाट गविसका जम्मा ४२ जना महिलाहरु सहभागि रहेको तालिम २ वटा समुहमा संचालन गरिएको थियो । 

गरिबी हटाउने उद्धेश्यका साथ गरिबी बिरुद्ध महिला अभियान कार्यक्रम अन्र्तगत एउटै गाविसका महिलाहरुको सहभागितामा संचालित तालिमका सहभागि  धना पौडेल लेखफाट ६ का अनुसार तालिम पश्चात प्राप्त भएको टेवा रकमबाट पाठी किनेर बाख्रापालनको थालनी गर्ने कार्ययोजना समेत बनाएको बताइन् । अर्का सहभागि रेखा     परियार लेखफाट ३ ले तालिम व्यवाहारिक ज्ञानमा आधारित रहेको ले आफु यस तालिमबाट निकै प्रभावित भएको कुरा जानकारी     दिए ।  सुस्मीता पुन लेखफाँट ४ ले गाउँघरमा सामन्य बाख्रा त सबै को घरमा पालिने तर हामीले पालेको बाख्राको जातको बारेमा ,चरण खोर घाँस आदी केही जानकारी थिएन यस तालिमबा सबै कुराको जानकारी भएको कारण अब गरिने बाख्रापालन व्यवसायिक र उत्कृष्ट गर्ने बताइन् । 

Image may contain: 25 people, people smiling, people standing, wedding and outdoor

तालिममा बाख्रापालन को महत्व,जात बाख्रामा प्रजनन व्यवस्था, विषाणुबाट हुने मुखय रोगहरु जिवाणुबाट हुने रोगहरु, वर्षै भरि हरियो घासको व्यवस्था खोर व्यवस्थापन,पाठापाठी र माउको व्यस्थापन  ,परजीवी नियन्त्रण आदी विषयमा जिल्ला पशुसेवा कार्यालयको प्रमुख डा. सुधिप थापा लगायतले तालिम प्रशिक्षण गरेको महिला तथा बालबालिका कार्यालयका महिला विकास निरिक्षक  तारादेवी सुुनुवारले जानकारी दिइन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!